ममताले बिनाशर्त माफी नै माग्रु पर्ने मागमा डाक्टरहरू अडिग

0
1829
फोटो साभार – इन्टरनेट।

कोलकाता, 15 मई : पछिल्ला पाँच दिनदेखि हड़ताल गरिरहेका जुनियर डाक्टरहरूले ममता ब्यानर्जीको निम्तोलाई अस्वीकार गरेका छन्। आज ममताले  राज्य सचिवालय नवान्नमा हड़ताल गरिरहेका डाक्टरहरूलाई बैठकका लागि निम्ताएकी थिइन्, तर बैठकको निम्तोलाई उनीहरूले सोझै खारेज गरेका छन्।

यसका साथै ती डाक्टरहरूले मुख्यमन्त्री ममता ब्यानर्जीले माफी नमागेसम्म हड़ताल जारी राख्ने दोहोऱ्याएका छन्। शनिबार जुनियर डाक्टरहरूको हड़तालको पाँचौं दिन हो। जुनियर डाक्टरहरूको हड़ताल र सिनियर डाक्टरहरूको सामूहिक राजीनामाले राज्यको स्वास्थ्य सेवा ‘कोमा’-मा जाने अवस्था सिर्जना भएको छ। यसैबीच, धेरै वरिष्ठ डाक्टरले आन्दोलनरत् डाक्टरहरूलाई समर्थन गर्न तथा हड़तालरत् डाक्टरहरूसँग एकजुटता देखाउनका लागि सरकारी पदहरूबाट राजीनामा दिइरहेका छन्। शनिबार बेलुकीसम्म राजीनामा दिने डाक्टरहरूको सङ्ख्या 700 नाघेको छ।

यसैबीच चौतर्फी आचोलना र देशव्यापी बनेको हड़तालले नराम्रो गरी घेरिएकी ममता नरम बनेकी छन्। यसैले उनले जारी गतिरोधको समाधान खोज्नका लागि आज बेलुकी नवान्नमा बैठक बस्नका लागि डाक्टरहरूलाई निम्तो गरेकी थिइन्।

एनआरएस मेडिकल कलेज एवं अस्पतालमा आफ्ना दुई सहकर्मीमाथि भएको हमलाको विरोधमा हड़ताड़मा बसेका डाक्टरहरूले शुक्रबार ममता ब्यानर्जीले बिनाशर्त माफी माग्नु पर्ने माग गरेका थिए। यसका साथै उनीहरूले हड़ताल फिर्ता लिनका लागि राज्य सरकारसमक्ष 6 शर्त राखेका थिए।

जुनियर डाक्टरहरूको संयुक्त फोरमका प्रवक्ता अरिन्दम दत्ताले भने, ‘हामी बैठकका लागि मुख्यमन्त्रीको निम्तोमा राज्य सचिवालय जानेछैनौं। उनी (मुख्यमन्त्री) नै नील रत्न सरकार (एनआरएस) मेडिकल कलेज एवं अस्पताल आनुपर्छ। साथै एसएसकेएम अस्पताल भ्रमण गर्दा बिहीबार उनले गरेको टिप्पणीका लागि बिनाशर्त माफी माग्न पर्नेछ।’

दत्ताले थप भने, ‘यदि उनी एसएसकेएम जानसक्छिन् भने एनआरएस पनि आउन सक्छिन्। अन्यथा जारी रहनेछ।’

डाक्टरहरूको ‘हामीलाई न्याय चाहिन्छ’-को नाराबीच सरकारद्वारा सञ्चालित एसएसकेएमको भ्रमणअवधि मेडिकल कलेजमा बाहिरका मानिसहरूले व्यवधान सिर्जना गरिरहेको तथा डाक्टरहरूको आन्दोलनमा माकपा र भाजपाको षड्यन्त्र रहेको बताएकी थिइन्।

यसैबीच, दिल्लीस्थित एम्स र सफदरजङ्ग अस्पतालहरूको रेजिडेन्ट डाक्टरहरूले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई राज्यका आन्दोलनकारी डाक्टरहरूको माग पूरा गर्नका लागि 48 घण्टाको अल्टिमेटम दिएका छन्। ती डाक्टरहरूका अनुसार यदि यसो नगरेको खण्डमा उनीहरूले अनिश्चितकालीन हड़ताल गर्नेछन्।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) र सफदरजङ्ग अस्पतालहरूका डाक्टरहरूले कोलकातामा आफ्नो सहयोगीहरूमाथि भएको हमलाको विरोधमा शुक्रबार काम बहिष्कार गरेका थिए।

शनिबार काम पुनः शुरु गर्ने एम्स रेजिडेन्ट डाक्टर्स एसोसिएशन (आरडीए) –का सदस्यहरूका अनुसार यदि  पश्चिम बङ्गालका डाक्टरहरूको माग 48 घण्टाभित्र पूरा नगरिएको खण्डमा उनीहरू अनिश्चितकालीन हड़तालमा बस्न बाध्य हुनेछन्।

आरडीएले भनेको छ, ‘हामी पश्चिम बङ्गाल सरकारको शत्रुतापूर्ण र हठी व्यवहारको निन्दा गर्छौं। एम्स, नयाँ दिल्लीमा हाम्रो विरोध त्यसबेलासम्म जारी रहनेछ, जबसम्म न्याय प्राप्त हुँदैन।’

एम्स आरडीएले एक बयानमा भनेको छ, ‘14 जूनको दिन भएको आम सभाको बैठकमा लिएको निर्णयका अनुसार, आरडीएले पश्चिम बङ्गाल सरकारली हड़ताल गरिएका डाक्टरहरूको मागलाई पूरा गर्नका लागि 48 घण्टाको अल्टिमेटम दिएको छ। माग पूरा नभएको खण्डमा एम्स नयाँ दिल्लीमा हामी अनिश्चितकालीन हड़ताल गर्नेछौं। हामीलाई आशा छ, देशभरि हाम्रा सहयोगीहरू आवश्यक परेको यो घड़ीमा हामीसँग जोड़िनेछन्।’

अर्कोतिर आरडीएका सदस्यहरूले  केन्द्रिय स्वास्थ्य मन्त्री हर्षवर्धनप्रति आभार व्यक्त गरेका छन्। साथै गतिरोध हटाउनका लागि केन्द्रिय मन्त्रीले उठाएको कदमको प्रशंसा गरेका छन्। ‘हामीलाई पूर्ण विश्वास छ, उनले यसलाई प्राथमिकता दिएर यो मामिलाको अति शीघ्र समाधान गर्नेछन्’, आरडीएले भनेको छ।

ममता ब्यानर्जीले केही दिनअघि बङ्गालका आन्दोलनकारी डाक्टरहरूलाई हड़ताल फिर्ता लिने नभए छात्रावास खाली गर्नका लागि चारघण्टाको अल्टिमेटम दिएको समयमा नै दिल्लीका  चिकित्सकहरूले यो कदम यस्तो बेला उठाएका छन्।

अर्कोतिर पश्चिम बङ्गालमा आफ्ना सहयोगीहरूमाथि भएको हमलाको विरोध हड़ताल गरिरहेका डाक्टरहरूसँग एकजुटता देखाउँदै इन्डियन मेडिकल एसोसिएशन (आईएमए)-ले 17 जूनको दिन हड़तालको आह्वान गरेको छ।

यसैबीच, आफ्ना साथीहरूमाथि हमलाको विरोधमा पश्चिम बङ्गालमा डाक्टरहरूको प्रदर्शनबीच उच्चतम न्यायालयमा शुक्रबार दर्ता एक याचिकामा देशभरिका सरकारी अस्पतालहरूमा डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्ने अनुरोध गरिएको छ।

याचिकामा केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा पश्चिम बङ्गाल सरकारलाई सबै सरकारी अस्पतालमा डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षाकर्मीहरूको तैनाथीको निर्देश दिइएको छ। यसमा प्रदर्शनक कारण, देशमा स्वास्थ्य सेवा नराम्रो प्रकारले प्रभावित भएको तथा डाक्टरहरूको अनुपस्थितिले धेरै मानिसको मृत्यु भएको बताइएको छ।

याचिकामा भनिएको छ, ‘भारतीय चिकित्सा सङ्घले डाक्टरहरूको हड़ताललाई समर्थन गरेको छ। र आफ्ना सबै राज्य शाखाका सदस्यहरूलाई शुक्रबार काली पट्टी बाँधेर विरोध गर्ने निर्देश दिएको थियो। धेरै वरिष्ठ डाक्टरले आन्दोलनरत् डाक्टरहरूलाई समर्थन गर्न तथा हड़तालरत् डाक्टरहरूसँग एकजुटता देखाउनका लागि सरकारी पदहरूबाट राजीनामा दिइरहेका छन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here