फुटबल खेलाड़ी तथा रेफ्रीहरूलाई कोरोना खोपका लागि सरकारसँग एसएफएको माग

0
848

गान्तोक, 15 जूनः सिक्किम फुटबल एसोसिएशन (एसएफए)-ले राज्यका पञ्जीकृत सबै फुटबल खेलाड़ी तथा रेफ्रीहरूलाई प्राथमिकताका आधारमा कोविडको खोप लगाउनका लागि सरकारसँग माग राखेको छ।

एसोसिएशनले खेलाड़ी तथा रेफ्रीहरूलाई खोप लगाउनका लागि सरकारले बनाएको विशेष प्राथमिकताको सूचीमा सामेल गराएर कोविड खोप लगाइदिन माग गरेको हो।

सिक्किम फुटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पाले खेलाड़ीहरूको पक्षमा सरकारसित यो माग राखेका हुन्।

इथेन्पाले सिनियर डिभिजन क्लब, बी डिभिजन क्लब, सी डिबिजन क्लब, महिला टिम तथा रेफ्रीहरूका लागि प्राथमिकताका आधारमा खोपको माग गरेका हुन्।

उनले जानकारी गराएअनुसार सिनियर डिभिजन र बी डिभिजनमा आठ-आठ वटा क्लब रहेका छन् भने प्रत्येक क्लबमा 25 खेलाड़ी रहेका छन्।

यसरी नै सी डिभिजन क्लबमा 12 टिम र प्रत्येक क्लबमा 25 खेलाड़ी सामेल छ।

राज्यमा 25-25 खेलाड़ी भएका दुईवटा महिला क्लब रहेका छन् भने राज्यमा 12 रेफ्री रहेका छन्।

उनले जानकारी दिएअनुसार सबै खेलाड़ी र रेफ्री 18-44 वर्ष उमेर समूहमा रहेका छन्।

उनीहरूको सबैको कुल सङ्ख्या 762 रहेको छ।

यी सबै खेलाड़ीले चाँड़ै सिक्किमलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिनुपर्ने भएकाले खोपका लागि प्राथमिकता दिइनुपर्छ भन्ने उनको इथेन्पाको माग रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here