धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

0
1078

नयाँ दिल्ली, 15 अगस्तः पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

भारतकै सबैभन्दा सफल कप्तान धोनीले आज इन्स्टाग्राममा एक भिडियो शेयर गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्।

उनले अन्तिमपटक एकदिने इङ्ग्ल्यान्डमा सम्पन्न पछिल्लो विश्वकपमा न्युजील्यान्डविरुद्ध खेलेका थिए। सेमिफाइनलको यो म्याचमा भारत पराजित भएसँगै उपाधिको दौड़बाट बाहिरको थियो। त्यस म्याचमा उनले 70 बलमा 50 रन बनाएका थिए।

त्यसपछि नै माहीले संन्यास लिने अनुमान गरिएको थियो, तर उनी आफ्नो संन्यासबारे मौन रहेका थिए। तर उनी आईपीएलका लागि चेन्नई क्याम्पमा सामेल हुन पुगेलगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्।

धोनीले दिसम्बर 2014 मै टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए, त्यसबेला टिम इन्डिया अस्ट्रेलिया भ्रमणमा थियो।

महेन्द्र सिंह धोनी भारतीय क्रिकेटकै सबैभन्दा सफल कप्तान हुन्। उनको कप्तानीमा टिम इन्डियाले 2007-मा सबैभन्दा पहिला टी-20 वर्ल्डकप जित्यो। त्यसबेला टी-20 वर्ल्डकप खेल्न धोनीको नेतृत्वमा युवा टिम दक्षिण अफ्रिका पुगेको थियो, तर सबैलाई चकित पार्दै टिम इन्डियाले उपाधि जित्यो।

रोमाञ्चक फाइनलमा टिम इन्डियाले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको थियो।

त्यसपछि धोनीकै नेतृत्वमा भारतले करिब 28 वर्षपछि एकदिने विश्वकप जित्यो। मुम्बईको वानखेड़े स्टेडियममा 2 अप्रेल 2011 का दिन खेलिएको फाइनलमा टिम इन्डियाले श्रीलङ्कालाई पराजित गरी उपाधि उचालेको हो।

धोनीले 2004 अन्तर्राष्ट्रिय क्रिकेट करिअरको थालनी गरेका थिए। करिअरको पाँचौं खेलमा उनले पाकिस्तानविरुद्ध 148 रनको आक्रामक पारी खेलेका थिए। यसै पारीले उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा चिनाएको थियो, त्यसपछि उनले कहिल्यै पछि फर्केर हेरेनन्।

धोनीले टिम इन्डियालाई टी-20 र एकदिने विश्वकपको उपाधि मात्र दिलाएनन्, तर च्याम्पियन ट्रफी पनि जिताए। साथै उनको कप्तानीमा टिम इन्डिया आईसीसी टेस्ट ऱ्याङ्किङमा पहिलो नम्बरमा पनि रह्यो।

अहिले 39 वर्ष पुगेका धोनीले 90 टेस्ट, 350 वानडे र 98 टी-20 म्याच खेलेका छन्।

उनले 90 टेस्ट म्याचमा 4,876 रन, 390 वानडे म्याचमा 10,773 रन र 98 टी-20 म्याचमा 1,617 रन बनाएका छन्।

महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए तापनि आईपीएल भने खेल्नेछन्।

यसैबीच उनले प्यार र समर्थनका लागि सबैप्रति आभार प्रकट गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here