मिस्टर एण्ड मिस राजवंशी-2019-को अडिशन सम्पन्न

0
1083
मिस्टर एण्ड मिस राजवंशी 2019 -का प्रतिभागीहरू।

सिलगढ़ी, 15 सेप्टेम्बर :  आइतवार मिस्टर एण्ड मिस राजवंशी-2019 का लागि पहिलो चरणको अडिशन शिवमन्दिरमा सम्पन्न भयो, जसमा पुरुष र महिला गरी 10 मोडल छनोट भएका छन्। यो प्रतियोगिता राजवंशी संस्कृति र परम्परालाई बढ़ावा दिनका लागि उत्तर बङ्गाल जातीय संस्कृति कल्याण सङ्घद्वारा आयोजन गरिएको हो।

कार्यक्रमका मुख्य आयोजक बिनोटा बर्मनका अनुसार उत्तर बङ्गाल र पूर्वी नेपालका बेग्ला बेग्लै स्थानमा गरी  कुल 10 चरणको अडिशन हुनेछन्, जसबाट 30 भन्दा अधिक योग्य प्रतियोगीलाई छनोट गरिनेछ।

मुख्य आयोजक बिनोटा स्वयं पनि एक मोडल एवं अभिनेता हुन्। उनले विभिन्न राजवंशी फिल्ममा अभिनय गरिरहेका छन्। ‘ऱ्याम्पमा हिँड़्दा चरित्र बर्बाद हुँदैन’, उनले थपे, ‘तर हाम्रो संस्कृतिलाई बढ़ावा दिनका लागि राष्ट्रियस्तरका मञ्चहरूमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुनेछ।’

एसोसिएशनका उपाध्यक्ष विमल बर्मनले भने, ‘हाम्रा समुदायलाई यस्ता कार्यक्रमहरूमा भाग लिनका लागि बाहिर आउनु पर्ने आवश्यकता छ। ताकि उनीहरूमा लुकेर बसेका प्रतिभाहरूलाई चिन्न सकियोस्।’ आज सम्पन्न अडिशनमा राजवंशी अभिनेता राहुल बर्मन र भूमिका राय निर्णायक थिए। उनीहरूद्वयले पनि राजवंशी संस्कृति र परम्परालाई बढ़ावा दिनका लागि सहयोग गर्न राजवंशी समुदायका युवाहरू अघि आउनेपर्ने कुरामा जोड़ दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here