अपहृत बालक उद्धार, दुई आरोपी पक्राउ

0
1284
पक्रा परेका दुई आरोपी।

कालेबुङ, १५ सेप्टेम्बर : फिरौतीका लागि सिलगढ़ीबाट अपहरण गरी कालेबुङ ल्याइएको एक १० वर्षीय बालक कालेबुङबाट उद्धार भएका छन्। कालेबुङ पुलिसको सहयोगमा भक्तिनगर पुलिसले ती अपहृत बालकलाई कालेबुङबाट उद्धार गरेको हो।

प्राप्त जानकारीका अनुसार हिजो भक्तिनगर थानाअन्तर्गत आसीघर क्षेत्रका १० वर्षीय बालक दिलीप शाहलाई उनकी आफ्नै छेमाले अर्का एक युवकसँग मिलेर अपहरण गरी बालक ल्याएकी थिइन्। दिलीप शाहले चकलेटमा नशालु पदार्थ खुवाएर बेहोश बनाइ कालेबुङस्थित एक होटलमा ल्याएर राखेका थिए। बालकका पिताको सिलगढ़ीस्थित सेट श्रीलाल मार्केटमा एउटा दोकान छ। हुनेखाने घरको भएकोले आफ्नै छेमाले एक युवक साथीसँग मिलेर बालकलाई अपहरण गरेकी थिइन्। जानकारीका अनुसार हिजो राति दुवैले बालकका घर परिवारलाई ४० लाख रुपियाँको फिरौती मागेका थिए। त्यसपछि बिहान पुनः फोन गरी २८ लाख मागे।

भक्तिनगर पुलिसले फोन नम्बर ट्रेस गर्दा लोकेशन कालेबुङ रहेको पत्तो लाग्यो।  त्यसपछि अपहृत बालकका परिवारसँग भक्तिनगर पुलिस कालेबुङ आइपुग्यो। कालेबुङ टाउन ओसी प्रज्ज्वल राज जोशीको नेतृत्वमा शुरुमा देखाएको लोकेशनअन्तर्गत त्रिपाईको छेउछाउका सबै होटलमा तलाशी लियो, तर ती होटलहरूमा कुनै पत्तो लागेन।

त्यसपछि जुब्ली स्कूल जाने बाटो नजिक रहेको कुनै होटलको लोकेशन देखाएपछि पुलिसले अपराह्न करिब १ बजे उक्त होटलमा छापामारी गरी बालकलाई उद्धार गऱ्यो। यसका साथै अपहरणका दुवै आरोपी छेमा शम्पा साह र युवक सुजीत देवनाथलाई पनि पुलिसले पक्राउ गरेको छ। पक्रा परेका दुवै आरोपीलाई भक्तिनगर थाना लगिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here