दार्जीलिङ, 15 सेप्टेम्बर : पछिल्ला केही महिनायता लगातार साङ्गठनिक गतिविधिमा व्यस्त देखिएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को एक सभामा घूम-जोरबङ्ग्लो समष्टिअन्तर्गत् बतासे स्कूल डाँड़ामा सम्पन्न भयो। प्रियङ्का राईको अध्यक्षता सम्पन्न सभामा पार्टीको साङ्गठनिक गतिविधिलाई थप तीव्र पार्नका लागि गोरामुमोको बतासे शाखा गरियो।
जानकारीका अनुसार सभामा स्थानीय गोरामुमो कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङका अनुसार बतासे शाखा अत्यधिक ठूलो रहेकोले यसलाई चारवटा प्रशाखामा विभाजित गरी चारजना संयोजक चयन गरिएको छ।
उनले बताएअनुसार चयनित संयोजकहरूमा छोटा बतासेका लागि शम्भु राई, बीच बतासेका लागि प्रणय तामाङ, भिल्लाका लागि प्रियङ्का र गोले गाउँका लागि सुजीत छेत्री रहेका छन्।