भर्चुअल बोनस बैठकको प्रस्तावः जोइन्ट फोरमले जनायो विरोध

0
1076

दार्जीलिङ, 15 सेप्टेम्बरः पहाड़ तराई अनि डुवर्सका चियाश्रमिकहरूको बोनस बैठक भर्चुअल गर्नुपर्ने चियाबगान मालिक सङ्गठन कन्सल्टेटिभ कमिटी अव् प्लान्टेशन एसोसिएशन (सीसीपीए)-को प्रस्तावलाई जोइण्ट फोरम दार्जीलिङ हिल सब्-कमिटीले विरोध जनाएको छ।

कोरोना सङ्क्रमण बढ़िरहेको समय, लकडाउन चलिरहेको समय पनि चियाश्रमिकहरूको जीवनको वास्ता नगरी उनीहरूलाई काममा लगाउने चियाबगान मालिकहरूको सुविधालाई श्रमिक सङ्गठनले किन वास्ता गर्नु? भन्ने जोइण्ट फोरमको अड़ान छ।

यसैले सामान्य सङ्ख्यामा श्रमिक सङ्गठनका प्रतिनिधि र मालिक सङ्गठनका प्रतिनिधिहरूलाई सामेल गराएर पनि सधैँजस्तै म्यानुअल बैठक गर्नुपर्ने जोइण्ट फोरमको माग छ।

जोइण्ट फोरम दार्जीलिङ हिल सब्-कमिटीका प्रवक्ता सुनिल राईले भने, “वर्ष 2019-20-को बोनस विषय लिएर भर्चुअल बैठक गर्नुपर्ने प्रस्ताव दिएको थियो। त्यसलाई हामी विरोध गर्छौं। चियाश्रमिकहरूबाट काम लिने समयमा उनीहरूको ज्यानको वास्ता गरिएन, उनीहरूलाई कुनै सुविधाबिना नै काममा लगाउने कार्य गरियो। तर, अब चियाश्रमिकहरूले आफ्नो अधिकार पाउने समय आउन लाग्दा चियाबगान मालिकपक्षले विभिन्न बहाना गर्न थालेको छ।

यसैबीच, उनले 20 प्रतिशतको दरले बोनस दिनुपर्ने, लकडाउनअवधिको रोजी दिनुपर्ने, प्रत्येक चियाश्रमिकलाई बोनस दिनुपर्ने मागमा नै फोरमले हिजो विभिन्न चियाबगानका प्रबन्धनपक्षलाई ज्ञापन दिएको पनि जानकारी गराए।

फोरमले दशैं आउन 4 सप्ताहअघि नै बोनस भुक्तान गर्नुपर्ने अनि दार्जीलिङ टी एसोसिएशन (डीटीए)-ले पनि बोनसको लागि शीघ्र म्यानुअल बैठक दार्जीलिङमा नै गर्नुपर्ने माग गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here