कोलकाता, १५ सेप्टेम्बरः शिक्षक नियुक्ति घोटाला सम्बन्धमा बिहीबार सीबीआईले पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका पूर्व अध्यक्ष कल्याणमय गाङ्गुलीलाई पक्राउ गरेको छ।
आज सीबीआईले गाङ्गुलीलाई केही घण्टा केरकार गरेपछि पक्राउ गरेको हो ।
शिक्षक नियुक्ति घोटालामा गाङ्गुलीको नाम आएपछि उनलाई पछिल्लो २३ जूनका दिन पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डका अध्यक्ष पदबाट हटाइएको थियो ।
यसभन्दा अघि ईडीले उनको घरमा खानतलासी गरेको थियो ।