बिरसा मुण्डा जयन्तीमा विमलले दिए शुभकामना, भने – बिरसा मुण्डा गोर्खाल्याण्ड आन्दोलनका प्रेरणा

0
1190
गोजमुमो प्रमुख विमल गुरुङ।
दार्जीलिङ, 15 नोभेम्बर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले वीर बिरसा मुण्डा जयन्तीको शुभकामना दिएका छन्। 
बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले भनेका छन्, आदिवासी हक अधिकारी अनि ब्रिटिशराजबाट मुक्तिको चाहना बोकेर सङ्घर्षको प्रतीक बनेका आदिवासी महापुरुष बिरसा मुण्डाको जन्मजयन्तीमा तराई अनि डुवर्सका सम्पूर्ण आदिवासी समाजमा म  गोर्खा जनमुक्ति मोर्चाको पक्षमा शुभकामना प्रकट गर्दछु। गोर्खाहरूसँग नङ र मासुजस्तो सम्बन्ध भएको आदिवासी समुदायका महामानव बिरसा मुण्डा एक अर्थमा हाम्रो गोर्खाल्याण्ड आन्दोलनका प्रेरणा पनि हुन्।  बिहार, ओड़िसा, झारखण्ड, छत्तीसगढ़, र पश्चिम बङ्गालको आदिवासी क्षेत्रमा बिरसा मुण्डालाई युवा अवस्थामा नै मानिसहरूले धरती बाबा भन्न थालेका थिए।
यो देशको आदिवासी क्षेत्रमा जनतालाई सङ्गठित गर्नु र धरती अर्थात् माटोलाई माया गर्नु उनले जुन चेतनाको बीज रोपेका थिए, त्यस्तै चेतनाको बीज आज गोर्खाल्याण्डको माग रहेको गुरुङले विज्ञप्तिमा बताएका छन्।
15 नोभेम्बर 1875-मा जन्मिएर केवल पच्चीस वर्ष बाँचेका बिरसा मुण्डा हाम्रो निम्ति एक प्रेरक वीर पुरुष हुन्, उनले विज्ञप्तिमा थप लेखेका छन्, म, विमल गुरुङ वीर पुरुष बिरसा मुण्डाको जन्म जयन्तीमा पुनः सबैमा हार्दिक शुभकामना प्रकट गर्दै हामी गोर्खाले पनि उनको जस्तै जातिप्रतिको प्रेम र मुक्तिको भावनालाई अझै बलियो बनाउनपर्ने आह्वान सबैसमक्ष गर्दछु।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here