गोसाइपुरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीतो तस्वीर काटिएको होर्डिङ। |
सिलगढ़ी, 15 नोभेम्बर : एक सरकारी होर्डिङबाट राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको नाम काटिएपछि तनाउको स्थिति सिर्जना भएको थियो। यो घटना बाघडुग्रास्थित गोसाइपुर क्षेत्रको हो। पुलिसका अनुसार यो घटना बुधवारको हो।
यसको जानकारी पाएलगत्तै बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई साम्य बनाएको थियो। घटनाबारे तृणमूल कङ्ग्रेसले बाघडुग्रा थानामा प्राथमिकी दर्ता गरेको छ।
राज्य सरकारको सामाजिक सुरक्षा योजनाको होर्डिङ सरकारले विभिन्न स्थानमा लगाएको छ। यसै क्रममा नक्सलबारी खण्डअन्तर्गत् पर्ने गोसाइपुरस्थित हरि मन्दिर क्षेत्रमा पनि एक होर्डिङ लगाइएको थियो।
यो होर्डिङमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको तस्वीर पनि थियो। यद्यपि बदमाशहरूले होर्डिङमा रहेको मुख्यमन्त्रीको तस्वीरलाई ब्लेड काटिदिएका छन्। जब स्थानीय तृणमूल नेता एवं समर्थकहरूले होर्डिङमा रहेको मुख्यमन्त्रीको तस्वीर काटिएको देखे, उनीहरू आक्रोशित भए। यसको सूचना तत्कालै बाघडुग्रा थाना पुलिसलाई दिए।
स्थानीय तृणमूल नेता विश्वजीत सरकार तथा गोसाइपुर ग्राम पञ्चायतका सदस्य निताई विश्वासले यो घटनाको निन्दा गरेका छन्। यो घटनाको विरोध गर्दै आज विभिन्न स्थानमा विरोध जुलूस निकाल्ने तृणमूल कङ्ग्रेसले निर्णय गरेको छ। उनीहरूले यो घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्रउ गरी ड़ा कारबाही गर्नुपर्ने माग गरेका छन्।
बाघडुग्रा पुलिसले घटनाबारे तृणमूल कङ्ग्रेसले लिखित उजुरी दर्ता गरेको पुष्टि गरेको छ। पुलिसले उजुरीको आधारमा घटनाबारे जाँच शुरु गरेको छ।