सोशल मिडियाको खबर झूटो, लता मङ्गेशकरको स्वास्थ्यमा सुधार

0
1395
लता मङ्गेशकर।

मुम्बई, १५ नोभेम्बर: स्वर साम्राज्ञी लता मङ्गेशकरको स्वास्थ्यलाई लिएर बिहीवार राति फैलिएको एकाएक झूटो खबर फैलिएपछि परिवारपक्षबाट ट्विटगरी यी लिजेण्डरी गायिका ठीक रहेको र स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराइएको छ।

‘लता दिदीको अवस्था स्थिर छ। र उनको स्वास्थ्यमा सुधार भइरहेको छ। तपाईंहरूको चिन्ता, देखभाल र प्रार्थनाका लागि हामी प्रत्येकलाई धन्यवाद दिन्छौं’, ट्विटमा भनिएको छ।

उल्लेखनीय छ, स्वरकोकिला लता मङ्गेशकर श्वास-प्रश्वासमा समस्या देखिएको कारण पछिल्ला चार दिनदेखि उनी ब्रीज क्याण्डी अस्पतालमा उपचाराधीन छन्। अवस्था गम्भीर रहेकोले उनलाई गहन चिकित्सा एकाई (आईसीयू)-मा राखिएको छ।

बिहीवार अस्पताल सूत्रले उनको अवस्था गम्भीर रहे तापनि स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको बताएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here