सिलगढ़ी, १५ नोभेम्बर: जनजाति मान्यता सम्बन्धमा डुवर्स गोर्खा जनजाति मान्यता माग समितिका अध्यक्ष शङ्करनाथ प्रधान र महासचिव प्रशान्त थुलुङको नेतृत्वमा एक प्रतिनिधि टोलीले सांसद राजु बिष्टलाई भेट गऱ्यो। यस प्रतिनिधि टोलीले आज सांसदलाई भेट गरेको हो।
स्वयं बिष्टले आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत यसबारे जानकारी गराएका छन्।
उनका अनुसार भेटवार्ताअवधि गोर्खा जातिका ११ जातगोष्ठीलाई जनजाति मान्यता सम्बन्धमा चर्चा परिचर्चा गरियो।
सांसद राजु बिष्टले प्रतिनिधि टोलीलाई
गृह मन्त्रालयले जनजाति मान्यताका लागि पहलमा तीव्रता ल्याउने र जनजाति मान्यताका दावीलाई प्रमाणीकरणका लागि रजिस्ट्रार जनरल अव् इन्डिया (आरजीआई)-सँग फलोअप गर्ने आश्वासन दिइसकेको जानकारी गराए। यस अवसरमा खरसाङका विधायक बी पी बजगाईं पनि उपस्थित थिए।