दार्जिलिङ, १५ दिसम्बरः बङ्गालभित्रका कुनै पनि व्यवस्थालाई स्वीकार नगर्ने अड़ान क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले पुनः दोहोऱ्याएको छ।
पार्टी अध्यक्ष आरबी राईका अनुसार क्रामाकपाले बङ्गालभित्रका व्यवस्थामा सम्झौता गर्ने छैन। राज्यभित्रको राज्यलाई पनि क्रामाकपाले स्वीकार्ने छैन।
आज आरबी राईले दार्जिलिङस्थित पार्टी कार्यालयमा क्रामाकपा स्थापनाको रजत जयन्तीको अवसरमा पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।
भारतीय गोर्खाहरूको जातीय चिनारी र राजनीतिक सुरक्षाका लागि बङ्गालबाहिर छुट्टै राज्य गठन गरिनुपर्ने र यसको नाम गोर्खाल्यान्ड नै हुनुपर्ने क्रामाकपाको एक मात्र माग रहेको पनि राईको बताए।
उनको दावीका अनुसार क्रामाकपाले छुट्टै राज्य गोर्खाल्यान्ड प्राप्तिका लागि मुखले होइन, तर कार्य रूपमै निरन्तर सङ्घर्ष गर्दै आएको छ।
अर्कोतर्फ, छुट्टै राज्य गोर्खाल्यान्डको माग अघि बढ़ाउने शर्त नै राजु विष्टलाई क्रामाकपाले राखेको पनि आरबी राईको दावी छ।