रोनाल्डोबिना एल-क्लासिको अब विशेष रहेनः मेस्सी

0
970

म्याड्रिड, 16 जनवरीः म्याड्रिडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोबिना एल-क्लासिको विशेष नरहेको बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले  बताएका छन्।

स्पेनिश लिगमा चिरप्रतिद्वन्द्वीको रूपमा रहेका रियल म्याड्रिड र बार्सिलोनाबीचको भिड़न्तलाई एल-क्लासिको भनिन्छ।

रोनाल्डो रियलमा भइञ्जेल यसलाई धेरै फुटबलप्रेमीले मेस्सी र रोनाल्डोबीचको भिड़न्तको रूपमा पनि लिनेगर्थे। किनभने यी दुवै खेलाड़ी विश्वकै सर्वश्रेष्ठ खेलाड़ी हुन्।

“यो एक विशेष प्रतिद्वन्द्विता थियो। र मानिसहरूका मन-मस्तिष्क सधैं रहिरहनेछ”, बार्सा र अर्जेण्टिनाका चमत्कारी स्ट्राइकरले थपे, “ किनभने यो धेरै वर्षसम्म चल्यो। रोनाल्डोबिना अब एल-क्लासिको त्यस्तो विशेष नहेन।”  उनले एल-क्लासिको स्तरलाई लामो समयसम्म त्यस्तै विशेष बनाइराख्नु पनि गाह्रो रहेको बताए।

“हामीले खेलेका दुवै टीम (रिलय र बार्सा) दुवै दुनियाँका सर्वश्रेष्ठ टीम हो”, मेस्सीले थपे। 2009 मा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट त्यसबेला रेकर्ड मूल्यमा रियल आएका पोर्तुगेली गोल मशिन रोनाल्डोले सेन्टियागो बर्नाबाओमा 2018 सम्म बिताएपछि युभेण्टस् गएका हुन्।

करिब एक दशक यी मेस्सी र रोनाल्डोबीच स्पेनमा श्रेष्ठताको भिड़न्त भएको थियो।

मेस्सीका अनुसार रोनाल्डोले रियल छोड़ेपछि नै एल-क्लासिको अब पहिलाजस्तो विशेष नरहेको हो। पोर्तुगेली सुपरस्टार सेण्टियागोमा रहुञ्जेल प्रत्येक म्याच नै विशेष हुनेगर्थ्यो।

“हामीबीचको प्रतिस्पर्धा व्यक्ति रूपमा धेरै राम्रो थियो। मलाई लाग्छ, यसबाट मानिसहरूले मज्जा लिने गर्थे”, बार्सा स्टारले थपे, “चाहे ती मानिसहरू रियल र बार्साका प्रशंसक हुन् या अन्य फुटबलप्रेमी।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here