दार्जीलिङमा दिलीप घोषको पुतला दहन

0
1253

दार्जीलिङ, 16 जनवरीः दार्जीलिङ पहाड़मा भारतीय जनता पार्टी (भाजपा)-का बङ्गाल प्रदेश अध्यक्ष दिलीप घोषको पुतला दहन गर्नका साथै उनीविरुद्ध पोस्टरिङ गरिएको छ।

विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाले बिहीवार दार्जीलिङका विभिन्न स्थानमा दिलीप घोषविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गऱ्यो। उल्लेखनीय छ, भाजपा प्रदेश अध्यक्ष घोषले केही दिनअघि एक न्य च्यानलमा भएको प्यानल डिसक्शनअवधि 2017-मा दार्जीलिङ पहाड़मा भएको आन्दोलनमा सरकारी सम्पत्ति नष्ट गर्नेहरूलाई पुलिसले गोली ठोकेर गोली गरेको बताउँदै परोक्ष रूपमा गोर्खा समुदायलाई विदेशीको संज्ञासमेत दिएका थिए।

यसै बयानको गर्दै गोजमुमोले उनको पुतला दहन गरेको हो। यसबारे बोल्दै विनयपन्थी गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले दिलीप घोष दार्जीलिङ पहाड़ आए, उनको अनुहारमा कालो मोसो धसिदिने चेताउनी पनि दिए।

“घरी घरी यी भाजपा नेताहरूले गोर्खा समुदायलाई चोट पुऱ्याउने काम किन गरिरहेका छन्? विगतमा दार्जीलिङका पूर्व सांसद एसएस हलुवालियाले गोर्खालाई विदेशीको संज्ञा दिएर अपमान गरेका थिए’’, थुलुङले थपे, अहिले फेरि दिलीप घोषले गोर्खाविरोधी बयानबाजी गरेर गोर्खा समुदायको मनमा चोट पुऱ्याउने कार्य गरेका छन्। यसक लागि उनले माफी माग्नुपर्छ।’’

यसरी नै दिलीप घोषको यो बयान सम्पूर्ण भाजपाको नै सोच रहेको पनि आरोप उनले लगाए। दिलीप घोषले वर्ष 2017-को आन्दोलनमा शहीद बनेका गोर्खाहरूलाई कुकुरजस्तो भन्ने बयान दिँदा पनि दार्जीलिङका लोकसभा सांसद राजु विष्ट किन चुप छन्? गोरामुमो अध्यक्ष मन घिसिङ, अजय एड्वर्ड आदि किन मौन छन्?’’, उनले प्रश्न गरे।

यसरी नै गोर्खा जनमुक्ति युवा मोर्चा प्रवक्ता अनित खातीले पनि दिलीप घोषको यस बयानको तीब्र शब्दमा आलोचना गर्दै उनको पुतलपहाड़भरि दहन गर्न शुरु गरिएको बताए।

यसैबीच, गोर्खा जनमुक्ति मोर्चाले पोस्टरिङ गरेर भाजपाले दार्जीलिङ पहाड़का लागि स्थायी राजनीतिक समाधान दिन्छु भनेको दिलीप घोषको यस्तै बयानबाजी हो? भन्ने प्रश्न पनि गरेको छ।

यसैगरी विनयपन्थी मोर्चाले आज खरसाङ र कालेबुङलगायत अन्य विभिन्न स्थानमा पनि भाजपा नेता दिलीप घोषको पुतला जलाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here