सिलगढ़ी, 16 जनवरीः सशस्त्र सीमा बल (एसएसबी)-को 41औं बटालियनका जवानहरूले बुधवार भारत-नेपाल सीमा पानीट्याङ्कीबाट एक बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेका छन्।
जानकारीका अनुसार कुनै वैध कागज-पत्रबिनै नेपाल प्रवेश गर्ने कोशिश गरिरहेका बेला ती बङ्ग्लादेशी नागरिकलाई एसएबी जवानहरूले पक्राउ गरेका हुन्। एसएसबी सूत्रका अनुसार पक्रा पर्ने ती बङ्ग्लादेशी नागरिकको नाम मोहम्मद हरुनुर रसिद (31) हो। उनी बङ्ग्लादेशको गायबन्दा जिल्लास्थित सुन्दरगञ्ज थाना क्षेत्रनिवासी हुन्।
केरकारअवधि पछिल्लो 14 जनवरीको एक दलालको सहायता रसिद कोचबिहार जिल्लास्थित चाङ्ग्राबन्दा सीमाबाट अवैध रूपमा भारत छिरेका थिए। त्यसपछि उनी हिजो पानीट्याङ्की भएर नेपाल प्रवेश गर्ने कोशिशमा थिए।
रसिदका अनुसार ती दलाललाई 20,000 रुपियाँ (बङ्ग्लादेशी रुपियाँ) दिएर भारत छिरेका थिए। पक्रा परेका यी बङ्ग्लादेशी नागरिकलाई एसएसबीले थप अनुसन्धानका लागि खोरीबारी पुलिस थानामा सुम्पेको छ।