देशमा कोरोनाको टीकाकरण शुरू, पहिलो दिन बङ्गालमा करिब 20,700 स्वास्थ्यकर्मीलाई खोप लगाइयो

0
1490
(फोटो साभारः एएनआई ट्विटर)

कोलकाता, 16 जनवरीः आजदेखि देशभरि कोरोनाको टीकाकरण शुरू भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्सिङको माध्यमद्वारा आज देशमा कोरोनाको टीकाकरण अभियान शुरू गरे।

देशमा कोरोनाको पहिलो खोप एम्स, दिल्लीका सफाइ कर्मचारी मनीष कुमारलाई लगाइयो।

त्यहीं पश्चिम बङ्गालमा टीकाकरण अभियानका लागि राज्यमा 207 केन्द्र बनाइएको छ। यसमध्ये 19 केन्द्र कोलकातामा तयार गरिएको छ।

आज प्रत्येक केन्द्रमा 100 स्वास्थ्यकर्मीलाई खोप लगाइयो।

स्वास्थ्य विभागबाट प्राप्त जानकारीका अनुसार, आज पहिलो दिन करिब 20,700 स्वास्थ्यकर्मीलाई खोप लगाइयो।

कोलकातामा एसएसकेएम (पीजी) अस्पतालबाट कोरोना टीकाकरण अभियान शुरू गरिएको थियो।

कोलकाता नगर निगमका प्रशासक फिरहाद हकीमको उपस्थितिमा पीजीका ग्रुप डी स्टाफ राजा चौधरीलाई कोलकातामा सबैभन्दा पहिला खोप लगाइएको थियो।

कोलकाता मेडिकल कलेजमा पहिलो खोप तृणमूल विधायक डा. निर्मल माझीलाई लगाइयो।

प्रथम चरणमा राज्यका 6.90 लाख स्वास्थ्यकर्मीलाई यो खोप लगाइनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here