भोपाल, 16 फरवरीः मध्यप्रदेशको सीधीबाट सतनातर्फ गइरहेको बस बाणसागर नहरमा खस्दा 35 जना बढ़ीको मृत्यु भएको बताइएको छ।
बसमा करिब 54 जना यात्रु थिए। समाचार एजेन्सी एएनआईका अनुसार 35 जनाको शव नदीबाट निकालिइएको छ।
युद्धस्तरमा राहत एवं बचाऊको कार्य चलिरहेको छ। जानकारीका अनुसार 7 जना उद्धार गरिएको छ।
अधिकारीहरूका अनुसार मृतकहरूको सङ्ख्या 45 भन्दा बढ़ी हुने आशङ्का छ।
जानकारीका अनुसार यो भीषण दुर्घटना आज बिहान करिब 7.30 बजी भएको हो। बस 20 देखि 22 फिट गहिरो नहरमा खसेको बताइएको छ।
मर्नेहरूमा 12 जना विद्यार्थी सामेल छन्। राज्य सरकारको तर्फबाट मृतकहरूका परिवारलाई 5-5 लाख रुपियाँको अनुग्रह राशि दिने घोषणा गरिएको छ।
घटनास्थलमा शीर्ष अधिकारीहरू पुगेका छन्।