नयाँ दिल्ली, 16 मार्चः इटलीमा आइतवार कोरोना भाइरसले एकैदिनमा 368 जनाको मृत्यु भएको छ। कोरोना भाइरसको कारण एकदिनमा भएको यो सबैभन्दा अधिक मृत्यु हो।
यसभन्दा अघिल्लो दिन अर्थात् शनिवार इटलीमै 24 घण्टामा 250 जनाको मृत्यु भएको थियो।
यसका साथै इटलीमा कोरोनाको कारण मृत्यु हुनेहरूको सङ्ख्या बढ़ेर 1809 भएको छ। यो जानकारी आधिकारिक आँकड़ामार्फत प्रकाशमा आएको छ।
यसैले चीनपछि इटली कोरोना भाइरसको कारण सर्वाधिक प्रभावित बनेको छ।
इटलीका नागरिक सुरक्षा सेवाको तर्फबाट मिडियालाई जारी आँकड़ाका अनुसार सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या बढ़ेर 24,747 भएको छ।
मिलाननजिक उत्तरी लोम्बार्डीमात्र आधिकारिक रूपमा 1,218 जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसलाई थप फैलिनबाट रोक्नका लागि इटलीलाई लकडाउन गरिएको छ। त्यहाँको सरकारले यसबाट बच्नका लागि सबै प्रकारका रोक लगाइएको छ।