सञ्जय थुलुङमाथि प्राणघातक हमला, गोरामुमोमाथि आरोप

0
1024
इडेन अस्पतालमा भर्ती भएका सञ्जय थुलुङ।

दार्जीलिङ, 16 मार्चः विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाका मुख्य सल्लाहकार सञ्जय थुलुङमाथि आइतवार राति प्राणघातक हमला भएको छ।

जसको कारण थुलुङको टाउकोमा गम्भीर चोट लागेको कारण उनलाई उपचारार्थ दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ,जहाँबाट उनलाई आज सिलगढ़ी स्थानान्तर गरिएको छ।

गोर्खा जनमुक्ति युवा मोर्चाले सञ्जय थुलुङमाथि हमला गर्नेहरू गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताहरू रहेको आरोप लगाएको छ।

यस हमलाको विरोध गर्दै आज विनयपन्थी युवा मोर्चाले दार्जीलिङ शहरमा पोस्टरिङ पनि गर्नका साथै दोषीहरूविरुद्ध कठोर कानुनी कारबाही गर्ने पनि माग गरेको छ।

युवा मोर्चा अध्यक्ष अमृत योञ्जनले यसै विषय लिएर आज एक पत्रकार सम्मेलन गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘‘सञ्जय थुलुङ एक सोझा व्यक्ति हुन्। सबैसित मिल्ने, शान्त स्वाभावका उनीमाथि प्राणघातक हमला गर्नु कदापि उचित होइन।’’

यसका साथै थुलुङमाथि हमला गर्नेहरूविरुद्ध पुलिस प्रशासनले कठोर कारबाही गर्नुपर्ने उनले माग गरे।

योञ्जनका अनुसार हिजो राति करिब 8.30 बजे सञ्जय थुलुङ आफ्नो घर फर्किरहेको समय नै उनीमाथि हमला भएको हो।

हमला गर्नेहरू प्रायः जसो हिजो पोख्रेबुङबाट फर्किएका गोरामुमो समर्थकहरू रहेको पनि विनयपन्थी युमो अध्यक्ष अमृत योञ्जनको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here