दार्जिलिङमा दोस्रो चरणमा लोकसभा चुनाउ, मतदान २६ अप्रेलमा

0
475

नयाँ दिल्ली, १६ मार्चः दार्जिलिङ संसदीय क्षेत्रमा लोकसभा चुनाउको मतदान दोस्रो चरण अन्तर्गत २६ अप्रेलका दिन हुनेछ।

लोकसभा चुनाउ यसपालि सातौँ चरणमा हुँदैछ। पहिलो चरणको मतदान १९ अप्रेलका दिन हुनेछ। दोस्रो चरणमा दार्जिलिङबाहेक बङ्गालका रायगञ्ज र बालुरघाटमा पनि हुनेछ।

आज मुख्य चुनाउ आयुक्त राजीव कुमारले लोकसभासँग सिक्किम, अरुणाचल प्रदेश, ओडिसा र आन्ध्रप्रदेशको विधानसभा चुनाउको पनि घोषणा गरे।

उनले स्वतन्त्र, निष्पक्ष र हिंसारहित चुनाउ गराउन आयोगले सबै प्रकारका व्यवस्था मिलाइसकिएको पनि बताएका छन्।

उल्लेखनीय छ, दार्जिलिङ संसदीय क्षेत्रबाट तृणमूल कङ्ग्रेसले अघिबाटै गोपाल लामालाई आफ्ना उम्मेदवार घोषणा गरिसकेको छ।

लामाले अहिले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्।

यद्यपि अहिलेसम्म भाजपाले भने दार्जिलिङ संसदीय क्षेत्रबाट आफ्नो उम्मेदवारको नाम घोषणा गरिहालेको छैन।

सूत्रका अनुसार आगामी १९ मार्चका दिन भाजपाले दार्जिलिङलगायत बङ्गालका रहल सिटका लागि उम्मेदवार घोषणा गर्नसक्ने सम्भावना छ।

भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटी र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले वर्तमान सांसद राजु विष्टलाई नै भाजपाले टिकट दिइनुपर्ने माग गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here