जनप्रतिनिधिलाई गृहबन्दी बनाउनु ममता सरकारको चरम तानाशाही रूप होः बारला

0
1074
जोन बारला (फाइल फोटो)।

सिलगढ़ी, 16 अप्रेलः गृहबन्दी अवस्थामा रहेका अलिपुरद्वारका भाजपा सांसद जोन बारलाले ममता सरकारको तीखो शब्दमा निन्दा गरेका छन्।

पछिल्लो 12 अप्रेलका दिन बन्दापानी चियाकमानका श्रमिकहरूलाई खाद्य सामग्री वितरण गरेकै दिनदेखि बङ्गाल पुलिसले आफूलाई गृहबन्दी बनाएको बारलाले जनसंवादलाई बताएका छन्।

“बङ्गालमा कानून नामको कुनै कुरा छैन। एकजना प्रतिनिधिलाई यसरी गृहबन्दी बनाउनु ममता सरकारको चरम तानाशाही रूप हो”, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले थपे, “के एक जनप्रतिनिधिले जनताको दुःख बुझेर यस्तो सङ्कटको बेला खाद्यान्न वितरण गर्न पाउँदैनन्? यदि पाउँदैनन् भने तृणमूल कङ्ग्रेसका विधायकहरूले किन खुल्ला रूपमा वितरण गरिरहेका छन्?”

सांसद बारलाका अनुसार बङ्गाल सरकारले उनका घरका सबै बाटामा पुलिस तैनाथ गरिएको छ। साथै गृहबन्दी बनाएर राखिएको छ।

“एकजना जनप्रतिनिधिहरूलाई जनताको दुःख कष्ट र समस्या बुझ्न जाँदा यसरी गृहबन्दी बनाउने घटनाले पनि बङ्गालमा लोकतन्त्रको अवस्थाको कस्तो छ, त्यो बुझ्न सकिन्छ”, सांसद बारलाले भनेका छन्।

यसका साथै के कारण गृहबन्दी बनाइएको हो, त्यो पनि पुलिसले  स्पष्ट नपारेको उनले  बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here