दार्जिलिङ, १६ अप्रेलः भाजपानेतृत्व केन्द्र सरकारले गोर्खालाई गरेका वाचा झट्ट पूरा गर्नुपर्ने माग गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङ, खरसाङ र मिरिक लगायत अन्य ठाउँमा पोस्टरिङ गरेको छ।
साथै जनजातिका मान्यता पाउनबाट छुटेका गोर्खा समुदायका सम्पूर्ण जातगोष्ठीलाई १९३१ को जनगणनाको आधारमा केन्द्र सरकारले पुनः जनजातिको मान्यता प्रदान गर्नुपर्ने गोरामुमोको माग छ।
यति मात्र होइन, गोरामुमोले पोस्टर टाँसेर जीटीए नमान्ने पनि बताएको छ।
गोर्खाहरूले दिएको मतको कदर गर्दै केन्द्र सरकारले गोर्खालाई यथाशीघ्र न्याय दिनुपर्ने पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको माग छ।
“जीटीए चाहिँदैन। जीटीए मान्दैनौँ। यो जनताको आवाज हो। केन्द्र सरकारले यसको कदर गर्नुपर्छ”, पोस्टरमा भनिएको छ, “गोर्खाहरूका लागि आफ्नो घोषणा-पत्रमा उल्लेख गरिएका वाचा केन्द्र सरकारले झट्टभन्दा झट्ट पूरा गरोस्।”