बुद्ध जयन्तीको दिन दार्जीलिङमा आत्मघाती हमला हुनसक्ने आशङ्का, सेनाले जारी गऱ्यो सतर्कता सूचना

0
1758
सेनाको गुप्तचर एजेन्सीले जारी गरेको सतर्कता सूचना।

दार्जीलिङ, १६ मई : आगामी १८ मई बुद्धजयन्तीको दार्जीलिङ पहाड़मा आत्मघाती हमला हुनसक्ने आशङ्का जताउँदै यसबासम्बन्धमा सेनाले सतर्कता जारी गरेको छ। सेनाको १२३ माउन्टेन ब्रिगेड हेडक्वार्टर जलपहाड़द्वारा सतर्कता जारी गरिएको हो।

सेनालाई गुप्तचर एजेन्सीलाई प्राप्त इनपुटका अनुसार उक्त दिन दार्जीलिङका गुम्बाहरूमा महिला आतङ्कीले आत्मघाती हमला गर्नसक्ने आशङ्का छ।

सतर्कता सूचनामा भनिएको छ, विश्वस्त सूत्रमार्फत् सूचनाका अनुसार आगामी १८ मई बुद्धजयन्तीको दिन पश्चिम बङ्गालका गुम्बाहरूमा सम्भावतः महिला आत्मघाती आतङ्की (मानव बम)-ले आत्मघाती हमला गर्ने योजना छ। त्यसैले सबैलाई हाई अलर्ट उच्च सावधानी अपनाइने अनुरोध गरिन्छ। यो सतर्कता सूचना सेनाको दिल्ली हेडक्वार्टरबाट जारी गरिएको हो।

यसका साथै आगामी बुद्ध जयन्तीको दिन सबैलाई सतर्क बसिदिने, व्यर्थै नआतिदिने तथा शङ्कास्पद कुनै वस्तु या व्यक्ति देखिएको खण्डमा तत्कालै नजिकैको पुलिस थानामा सूचित गरिदिने अनुरोध गरिएको छ।

श्रीलङ्कामा इस्टर सन्डेमा जस्तै पश्चिम बङ्गाल र बङ्ग्लादेशमा बुद्ध पूर्णिमाको दिन आतङ्की सङ्गठन आइएस (इस्लामिक स्टेट) र जमात-उल-मपजाहिद्दीन बङ्ग्लादेश (जेएमबी) –का आतङ्कीहरूले गुम्बा एवं मन्दिरहरूमा आत्मघाती हमलाको षड़यन्त्र रचिरहेको इनपुट गुप्तचर विभागलाई प्राप्त भएको थियो।

गुप्तचर एजेन्सीका अनुसार आत्मघाती हमलाका लागि गर्भवती महिला एवं नानीहरूलाई प्रयोग गर्ने आशङ्का छ।

हमलाको आशङ्कालाई लिएर गुप्तचर एजेन्सीको तर्फबाट केही दिन अघि नै अलर्ट जारी गरिएको थियो, जसलाई लिएर राज्य प्रशासन सतर्क बनेको छ। उल्लेखनीय छ, खड़कपुर र बौद्धगयामा भएको हमलामा संलग्न जमात उल मुजाहिद्दीन बङ्ग्लादेश (जेएमबी)-ले सन् २०१७-मा उत्तर बङ्गालका गुम्बाहरूमा हमला गर्ने षड़यन्त्र रचेको थियो, तर विमल गुरुङको नेतृत्वमा त्यससमय भएको गोर्खाल्याण्ड आन्दोलनले पहाड़को कानून-व्यवस्था चौपट भएकोले जेएमबीले त्यसबेला आफ्नो योजनालाई परिवर्तन गरिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here