मारिया शारापोवा फ्रेन्च ओपन नखेल्ने

0
1878
मारिया शारापोवा (फोटो सौजन्य इन्टरनेट)।

पेरिस, १६ मई : दुईपटककी च्याम्पियन मारिया शारापोवाले काँधको चोटको कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छन्। पाँचपटककी ग्रान्ड स्लाम च्याम्पियन शारापोवाले पछिल्लो जनवरी महिना महिनादेखि टेनिस खेलेकी छैनन्। त्यसबेला उनले रूसकै एक टुर्नामेन्टबाट फिटनेस समस्याको कारण नाम फिर्ता लिएकी लिइन्।

यी रूसी सुन्दरीले इन्स्टाग्राममा लेखेकी छन्, धेरैपटक सही निर्णय लिनु उति सहज हुँदैन। दुई वर्ष अघि डोपिङको कारण १५ महिनाको प्रतिबन्ध सहेर कोर्टमा फर्केकी पूर्व नम्बर एक खेलाड़ी शारोपोवा त्यसैबेलादेखि फिटनेस प्राप्त गर्नका लागि सङ्घर्ष गरिरहेकी छन्। फ्रेन्च ओपन आउँदो २६ मईदेखि ९ जूनमा खेलिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here