लखनउ, १६ मईः उत्तर प्रदेशको औरैया जिल्लामा शनिवार सखारै भएको भीषण वाहन दुर्घटनामा परी २३ जना मजदुरले ज्यान गुमाएका छन्।
लकडाउनबीच जोखिम उठाएर आ-आफ्नो घर फर्किरहेका मजदुरहरू वाहन दुर्घटनामा परेका हुन्।
हिन्दी दैनिक नवभारत टाइम्सका अनुसार यी मजदुरहरू एक ट्रकमा सवार भई राजस्थानबाट आआफ्नो घरतर्फ फर्किरहेका थिए। तर, यूपीको औरैयामा आइपुगेपछि उनीहरू सवार ट्रक र अर्को ट्रक परस्परमा जोड़ले ठोकिए।
दुर्घटनामा ज्यान गुमाएका मजदुरहरू पश्चिम बङ्गाल, बिहार र झारखण्डका रहेको बताइएको छ।
यस दुर्घटना परी करिब दुई दर्जन मजदुर घाइते भएका छन्, जसलाई छेवैको अस्पतालमा भर्ती गरिएको छ।
औरैयाका जिल्लापाल अभिषेक सिंहका अनुसार दुर्घटनामा १५-२० मजदुर घाइते भएका छन्। जानकारीका अनुसार यो दुर्घटनाआज बिहान करिब ३.३० बजे भएको हो।