प्रशासनको आँखा छलेर सुटुक्कै घर आउनेहरूविरुद्ध डिजास्टर एक्ट लाग्ने

1
1265
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 16 मईः वर्तमान समयमा बाहिरबाट प्रशासनको आँखा छलेर आफ्नो घर आएको थाह लागे उनीहरूविरुद्ध डिजास्टर म्यानेजमेन्ट एक्ट लाग्नेछ।

यसैले देशका विभिन्न राज्यबाट आफ्नो घर आउनेहरूले प्रथमतः जीटीएद्वारा जारी गरिएको वेबसाइटमा लगअन गर्नैपर्ने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बताएका छन्।

उनका अनुसार यसो नभए जीटीए वा जिल्ला प्रशासनलाई बाहिरबाट सिलगढ़ी आइपुग्नेहरूको समय तालिका केही थाह हुँदैन, यसैकारण बाहिरबाट पहाड़ फर्किने प्रत्येकले नै आफ्नो यात्राको समय आदिको विस्तृत जानकारी गराउन अनिवार्य ठहरिन्छ।

यसपछि मात्रै उनीहरूको स्वास्थ्यको उचित जाँच गरेपछि उनीहरूलाई संस्थागत क्वारेन्टिनमा राख्नुपर्ने हो वा होम क्वारेन्टिनमा, त्यसको निर्णय गरिने बताएका छन्।

हिजो राती सोम चियाकमानमा यसरी नै राति आउनेहरूको कुनै जानकारी पाइएको थिएन। यद्यपि, उनीहरूलाई खोजेर पनि निकालियो अनि उनीहरूको उचित स्वास्थ्य जाँच भएको छ।

यसैले बाहिरबाट आउनेहरूलाई चिह्नित गर्न जीटीए, दार्जीलिङ र कालेबुङ जिल्ला प्रशासनलाई सजिलो परोस् भनेर नै जीटीएले वेबसाइट शुरू गरेको हो।

ताकि कोही पनि कोरोना सङ्क्रमित दार्जीलिङ पहाड़मा आउन नसकोस् अनि उनीहरूको समयमा नै उचित उपचार हुनसकोस् भन्ने जीटीएको चाहना रहेको तामाङले थप बताएका छन्।

यसरी नै उनले दार्जीलिङ पहाड़ आउनेहरूका लागि जीटीएले सिलगढ़ीको तेञ्जिङ नोर्गे बस टर्मिनसलाई ट्रान्जिट स्टेशन अनि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनलाई ट्रान्जिट क्याम्प बनाइएको जानकारी गराउँदै देशका विभिन्न राज्यबाट पहाड़ आउने प्रत्येकले नै यी ट्रान्जिट स्टेशन र ट्रान्जिट क्याम्पमा आफ्नो विस्तृत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको बताए।

जसका लागि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनको ट्रान्जिट क्याम्पमा अबेर राति आइपुग्नेहरूका लागि 50 वटा पलङको व्यवस्था गरिने भएको पनि जनाए।ताकि अबेर राति आउने टाढ़ाकाहरूले त्यहीं रात बिताउन सकोस्।

यस्तो ट्रान्जिट क्याम्पको व्यवस्था खरसाङ, कालेबुङ, मिरिक आदि क्षेत्रहरूमा पनि गरिएको उनले बताए।

यसैबीच, उनले कुनै व्यक्ति उचित स्वास्थ्य जाँच प्रक्रिया पूर्ण गरेर होम क्वारेन्टिन भनेर लेखिएको दस्तावेजको साथ आएका छन् भने उनलाई कसैले पनि रोक्न नसक्ने बताए।

विनयका अनुसार यस्तो अवस्थामा कसैले उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न नदिए, त्यसबारे नजिकैको पुलिस थानामा जानकारी गराएको उचित हुनेछ। जीटीए सूत्रले हाल दैनिक 150 जति मानिस विभिन्न स्थानबाट दार्जीलिङ पहाड़ आइरहेको बताएको छ।

होम क्वारेन्टिनमा मानिसहरूलाई समस्या हुने विषयबारे प्रश्‍न गर्दा तामाङले भने, ‘‘यसका लागि गाउँ समाजहरू नै अघि आउनुपर्छ, सार्वजनिक भवनहरूलाई क्वारेन्टिन सेन्टरको रूपमा सञ्चालन गर्न सकिन्छ। तर स्कूल, कलेज आदिलाई क्वारेन्टिन सेन्टरको रूपमा सञ्चालन गर्न सकिँदैन।’’

1 टिप्पणी

  1. It’s me Satish Gurung residence of soom tea estate first division (Darjeeling)…. I’m very much thankful to GTA 2…. All the members of GTA has done a great job…. specially I’m very much grateful and thankful to mr.sandeep chettri,Mr.jahid and all their teams…. Before yesterday on date 15may 2020,we were arrived Darjeeling at 11:30 p.m but we were very confused,where to go at the mid night as far as we don’t have any idea… After a hour GTA members Mr Sandeep chettri and his teams were arrived in Darjeeling hospital and they took us with them…all his team’s were provided lots of meal for us as well as they were also managed suitable room for us…….. On the behalf of my friends,due to respect all the GTA members n thankful for their precious hospitality…

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here