गोल मेसिन सुनिल छेत्रीले गरे सन्न्यासको घोषणा

0
410

नयाँ दिल्ली, १६ मई : भारतीय फुटबलका स्टार स्ट्राइकर एवं कप्तान सुनिल छेत्रीले सन्न्यासको घोषणा गरेका छन्।

आज उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

भारतीय फुटबलका गोल मेसिन छेत्रीले आफ्नो जीवनको अन्तिम म्याच कुवैतविरुद्ध खेल्नेछन् ।

विश्वकप २०२६ छनौटअन्तर्गत कुवैतविरुद्धको यो खेल आगामी ६ जूनका दिन खेलिनेछ।

३९ वर्ष सुनिल छेत्री अहिलेसम्म १५० खेलमा ९४ गोल गरिसकेका छन्। उनी विश्वमै सक्रिय फुटबल खेलाडीहरूमा तेस्रा सर्वोच्च गोलकर्ता पनि हुन्।

अहिले मैदानमा सक्रिय खेलाडीहरूमा सुनिलले भन्दा बढी गोल क्रिस्टियानो रोनाल्डोले २०६ खेलमा १२८ गोल र लियोनल मेस्सीले १८० खेलमा १०६ गोल गरेका छन्।

सुनिल छेत्रीको १९ वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअर अत्यन्त उत्कृष्ट, उल्लेखनीय र स्मरणीय रहेको छ।

उनले देशलाई धेरै उपाधि जिताएका छन्, जसमा नेहरू कप, साफ च्याम्पियनशिप आदि प्रमुख छन्। छेत्रीले २००५ अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here