दार्जीलिङमा पुलिसी अत्याचारविरुद्ध दिल्लीमा धरना

0
1549
विमलपन्थी मोर्चाद्वारा दिल्लीमा गरिएको धरना प्रदर्शन।

दार्जीलिङ, 16 मई : दार्जीलिङ पहाड़मा बङ्गाल पुलिसद्वारा गरिँदै आएको अन्याय-अत्याचारविरुद्ध आइतवार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दिल्ली-एनसीआर शाखाले जन्तरमन्तरमा एकदिने धरना कार्यक्रम आयोजन गर्‍यो।

विमलपन्थी गोजमुमो दिल्ली शाखाका अनुसार आजको धरना कार्यक्रम केवल दार्जीलिङ पहाड़मा  भइरहेको पुलिसी अन्याय-अत्याचारविरुद्ध मात्र होइन, तर  पुलिसले राज्य सरकारको निर्देशमा  बङ्गालभरि मच्चाइरहेको आतङ्कविरुद्ध पनि धरना प्रदर्शन गरिएको हो। यो धरना प्रदर्शन बिहान 11 बजेदेखि अपराह्न तीन बजेसम्म सम्पन्न भएको थियो।

यसअवसरमा धरनामा बसेका मोर्चा कार्यकर्ताहरूले बङ्गाल सरकार र बङ्गाल पुलिसविरुद्ध व्यापक नाराबाजी गरेका थिए।

उनीहरूले धरनाअवधि बङ्गाल सरकारले पुलिस प्रशासनलाई दुरुपयोग गरी  आतङ्क मच्चाइरहेको तथा संविधानद्वारा प्रदत्त छुट्टै राज्य गोर्खाल्याण्डको संवैधानिक माग गणतान्त्रिक ढङ्गमा मागिरहेका मानिसहरूलाई पानीखेदो गरिरहेको बताउँदै केन्द्र सरकारले बङ्गाल सरकार र पुलिसको यस्तो  अप्रजातान्त्रिक र गैरकानुनी कारबाहीलाई रोक्नका लागि केन्द्र सरकारले समुचित पहल शीघ्रै गरिनुपर्ने माग गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here