रोनाल्डो रेकर्ड, युरोकै सर्वोच्च गोलकर्ता

0
1071

बुडापोस्ट, 15 जूनः गोल मशिन क्रिस्टियानो रोनाल्डो युरो कपकै सर्वोच्च गोलकर्ता बनेका छन्।

आज हङ्गेरीविरुद्ध पहिलो गोल गर्नका साथै रोनाल्डोले फ्रान्सका लिजेन्ड मिशेल प्लाटिनीको रेकर्डलाई तोड़ेका हुन्। यसभन्दा अघि रोनाल्डोले र प्लाटिनीको समान 9 गोल गरेका थिए।

आज हङ्गेरीविरुद्ध दुई गोल गरेपछि युरोमा उनको गोल सङ्ख्या 11 पुगेको छ।

अर्कोतिर, लगातार युरो कपको लगातार पाँचौँ संस्करण खेल्ने रेकर्ड पनि रोनाल्डोले बनाएका छन्।

पोर्तुगलका यी सुपरस्टारले 2004 मा पहिलोपटक युरो कप खेलेका थिए। त्यसपछि यता लगातार उनले युरो कप खेलिरहेका छन्।

यति मात्र रोनाल्डो ठूलो प्रतियोगितामा गोल गर्ने पोर्तुगलकै सबैभन्दा पाको खेलाड़ी पनि बनेका छन्। उनी अहिले 36 वर्ष 130 दिन पुगेका छन्।

यसभन्दा अघि यो रेकर्ड स्टार डिफेन्डर पेपेको नाममा थियो। पछिल्लो विश्वकपमा पेपेले 35 वर्ष 124 दिनको उमेरमा उरुग्वेविरुद्ध गोल गरेका थिए।

अर्कोतिर आज हङ्गेरीविरुद्ध दुई गोल गरेका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या बढ़ाएर 106 पुऱ्याएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here