‘म अहिले’ गजलको चर्चा चुलिँदै

0
1659

दार्जीलिङ, १६ जुलाईः केही दिनअघि यूट्युबमार्फत् सार्वजनिक भएको अहिलेबोलको गजलको चर्चा चुलिँदै गइरहेको छ।

भूपेन्द्र महतको शब्द तथा रजनी रिदम राई र जीवन प्रकाश प्रधानको स्वरमा रहेको यस गजलमा सङ्गीत संयोजन जीवन प्रकाश प्रधानकै छ।

दार्जीलिङमा रेकर्डिङ गरिएको म अहिले बोलको गजलले आकस्मिक घटना र प्राकृतिक प्रकोपले निम्ताउने सन्त्रासको पीड़ालाई मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरेको छ।

अघिबाटै केही उम्दा गीत-गजल सिर्जना गरिसकेका भूपेन्द्र महतले शब्दमा गजलको मर्म र स्रोताको भावलाई छामेका छन्। गायिका रजनीको स्वरको बेग्लै मिठास छ। सङ्गीतकार जीवन प्रकाश प्रधान सङ्गीतमा मरिमेट्ने र गम्भीर भएर निरन्तर लागिरहने सङ्गीतकार हुन्।

त्यस्तै गजलमा रजनी रिदम राई र जीवन प्रकाश प्रधानको स्वर खुलेको छ। सङ्गीत संयोजन पनि यस गजलमा राम्रो भएको छ।

आकस्मिक परिघटना र प्राकृतिक प्रकोपले निम्ताउने सन्त्रासको क्रुरता र पीड़ालाई बोध गर्नचाहनेहरूले एकपटक अवश्यै यो गजल सुन्नेपर्ने हुन्छ।

शब्द, स्वर र सङ्गीत संयोजनले पनि ‘गजल’-को आत्मालाई राम्रोगरी बुझ्नसकेकाले पनि म अहिले –को बेग्लै मिठास छ।

तलको लिङ्क क्लिक गरेर गजल सुन्नुस्ः

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here