‘बालिका वधू’ –की दादी सा अब रहिनन्

0
993

मुम्बई, 16 जुलाईः टिभी सिरियल ‘बालिका वधू’-की चर्चित दादी सा अर्थात् दिग्गज अभिनेत्री सुरेखा सिकरी अब रहिनन्।

हृदयाघातका कारण उनको निधन भएको छ। उनी 75 वर्ष पुगेकी थिइन्। उनी लामो समयदेखि बिरामी थिइन्।

यी दिग्गज अभिनेत्रीलाई 2018 र 2020 गरी दुईपटक ब्रेन स्ट्रोक भएको थियो, त्यसपछि नै उनी थला परेकी थिइन्।

19 अप्रेल 1945-मा जन्मेकी सुरेखा सिकरी भारतीय थिएटर, फिल्म र टेलिभिजन इन्डस्ट्रीका चर्चित नाम हो।

करिब 50 वर्षको अभिनय करिअरमा उनले आफ्नो छुट्टै स्पेप बनाएकी छन्। 1978 राजनीतिक ड्रामा ‘किस्सा कुर्सी का’ –मा उनले पहिलोपटक अभिनय गरेकी थिइन्।

यी अभिनेत्रीले 1989-मा सङ्गीत नाटक अकादमी पुरस्कार प्राप्त गरिन्।

‘बालिका वधू’-मा उनले कल्याणी देवीका रूपमा अभिनय गरेकी छन्।

यो भूमिका टेलिभिजन अभिनयकै सबैभन्दा दमदार र लोकप्रियता भूमिकामध्ये एक मानिन्छ।

उनको अभिनय टेलिभिजनका सबैभन्दा लोकप्रिय भूमिकामध्ये एक मानिन्छ।

उनले तमस, हरी-भरी, जुबैदा, नजर, मम्मो, सरदारी बेगम, सरफरोश, बधाई हो, तुम सा नहीं देखा, दिल्लगी, लिटिल बुद्धा, हमको दीवाना कर गए आदि जस्ता फिल्ममा अभिनय गरेकी छन्।

तमस (1988), मम्मो (1995) र बधाई  हो (2018) फिल्मका लागि उनले तीनपटक सपोर्टिङ एक्ट्रेसको नेशनल अवार्ड प्राप्त गरेकी थिइन्।

‘बालिका वधू’-बाहेक टिभी सिरियल एक था राजा एक थी रानी, सात फेरे बनेगी अपनी बात र सीआईडीमा पनि अभिनय गरेकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here