मोर्चा दुई त्याग्नेहरूका सङ्ख्या बाक्लिँदै

0
1147

कालेबुङ, 16 जुलाईः कालेबुङको ३५ नम्बर समष्टिमा गोजमुमो दोस्रो खेमा त्याग्नेहरूका सङ्ख्या बाक्लिँदै गइरहेको छ। पछिल्ला केही दिनयता यो समष्टिबाट धेरैले मोर्चा दुई त्यागिसकेका छन्।

मोर्चा दुई छाड़्नेहरू मोर्चा एकमा सामेल भइरहेका छन्।

यसैक्रममा आज ३५ नम्बर समष्टिअन्तर्गत  १२ नम्बर वार्डका करिब २५ जना युवा-नारी मोर्चा दुई त्यागेर मोर्चा एकमा सामेल बताइएको छ।

आज कालेबुङ जिल्ला युवा मोर्चा महासचिव बालकृष्ण थापा, युवा मोर्चा उपाध्यक्ष अनिल दर्नाल जुस्लु अध्यक्ष कृष्ण छेत्रीलगायत अन्यको उपस्थितिमा १२ नम्बर वार्डका करिब २५ जना युवा-नारी मोर्चा एकमा सामेल भएको दावी गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here