पीपीएस गोर्खा हितको हुनेछः बिष्ट

0
1056

सिलगढ़ी, १६ अगस्तः दार्जिलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधान (पीपीएस) गोर्खा हितको हुने सांसद राजु बिष्टको दावी छ।

आज दिल्लीबाट आफ्नो संसदीय क्षेत्र फर्केका बिष्टले बाघडुग्रा हवाई अड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन्।

उनका अनुसार गोर्खाहरूका हितलाई ध्यानमा राखेरै स्थायी राजनीतिक समाधान गरिनेछ। साथै यो स्थायी र संवैधानिक हुनेछ।

दार्जिलिङ पहाड़, तराई अनि डुवर्स अत्यन्त संवेदनशील क्षेत्र हुनाले यस क्षेत्रको हुने अशान्ति राष्ट्र र राज्य दुवै हितमा नरहेकोले स्थायी राजनीतिक समाधान शीघ्र हुनुपर्ने कुरामा पनि सांसदले जोड़ दिए।

अर्कोतिर, राजु बिष्टले त्रिपक्षीय वार्तामा राजनीतिक दल र हितधारकहरूलाई बोलाउने अधिकार गृह मन्त्रालयको रहेकाले हितधारका नातामा क-कसलाई बोलाइनेछ, त्यो गृह मन्त्रालयमाथि निर्भर रहेको पनि बताए।

यसैबिच उनले त्रिपक्षीय वार्ताका लागि गृह मन्त्रालयले चाँड़ै पत्र पठाउने पनि बताए। यसभन्दा अघि १२ अगस्तभित्र त्रिपक्षीय वार्ताका लागि गृह मन्त्रालयले पत्र पठाउने उनको ठोकुवा थियो। तर आज १६ अगस्त भइसक्दा पनि त्रिपक्षीय वार्ताका लागि मृह मन्त्रालयबाट पत्र आएको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here