फिफाले गऱ्यो अल इन्डिया फुटबल फेडरेसनलाई निलम्बित

0
1024

नयाँ दिल्ली, १६ अगस्तः ‘तेस्रो पक्ष’-को अनावश्यक हस्तक्षेपका कारण फुटबलको वैश्विक संस्था फिफाले अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ)- लाई निलम्बित गरेको छ ।

फिफाले एआईएफएफलाई निलम्बित गरेपछि आउँदो ११ देखि ३० अक्टोबरसम्म सम्पन्न हुने विमेन्स अन्डर-१७ फुटबल वर्ल्ड कपको आयोजनको अधिकार पनि भारतको हातबाट खोसिने आशङ्का बाक्लिएको छ।

एआईएफएफमा चलिरहेको किचलोका कारण फिफाले यस्तो निर्णय लिएको हो, जसका कारण निलम्बन नहटेसम्म भारतीय फुटबल टिमले कुनै अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउनेछैन ।

यस्तो छ कारण

फिफाले अल इन्डिया फुटबल फेडरेसनलाई  निलम्बित गर्नुका कारण यसभित्र रहेको किचलो हो । किचलो चुनाउलाई लिएर हो । एआईएफएफका अध्यक्ष एनसीपी नेता एवं पूर्व केन्द्रीय मन्त्री प्रफुल्ल पटेल छन् । पटेल २००९ देखि यस पदमा छन् । अर्थात उनी एआईएफएफका अध्यक्ष बनेको १३ वर्ष भइसकेको छ ।

भारतको स्पोर्ट्स कोडका अनुसार कुनै पनि व्यक्ति तीनपटकभन्दा धेर अध्यक्ष बन्न सक्दैन । यद्यपि प्रफुल्ल पटेल चारपटक अध्यक्ष बनिसकेका छन् ।  यसै विवादलाई लिएर सर्वोच्च न्यायालयमा चलिरहेको छ।

सर्वोच्चले प्रफुल्ल पटेललाई अध्यक्ष पदबाट हटाउनका साथै फेडरेसनलाई समेत निलम्बित गरी कमिटी अव् एड्मिनिस्ट्रेटर (सीओए) गठन गरेको छ।  

अर्कोतर्फ प्रफुल्ल पटेलले राज्यका फुटबल सङ्घहरूसँग मिलेर चुनाउ हुन दिइरहेका छैनन् ।

यी सम्पूर्ण किचलोलाई फिफाले आफ्नो नियमको उल्लङ्घन मान्दै  अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ)- लाई सोमबार राति निलम्बित गरेको हो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here