सतर्कता अपनाउनुहोस्, तपाईंको वाट्सएप अब सुरक्षित रहेन

0
2185
प्रतीकात्मक फोटो

के तपाईं वाट्सएपमा कसैसँग नितान्त निजी र गोपनीय च्याट गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने सतर्कता अपनाउनुहोस। अब वाट्सएप पनि सुरक्षित रहेन। नितान्त निजी र गोपनीय मानिएको वाट्सएप पनि ह्याक भएको मामिला प्रकाशमा आएको छ। यो मामिला हो, उत्तर प्रदेशको। वाट्सएप ह्याक गरिएको  पहिलो मामिला पनि हो। युपीका एक इन्जिनियर र उनकी गर्लफ्रेन्डबीचको गोपनीय च्याटसँगै कन्ट्याक्ट नम्बर ह्याक गरी त्यसको स्क्रिन सट भाइरल गरिएको मामिला साइबर सेक्युरिटी सेलमा पुगेको छ।
 ह्याकर क्यानडानिवासी रहेको बताइएको छ।
गणेशपुरी निवासी इन्जिनियर सचिनले शुक्रवार साइबर सेलमा वाट्सएप ह्याक गरिएको उजुरी लेखाउँदा पुलिसकर्मी चकित बने। साइबर सेलले वाट्सएप कम्पनीलाई यो मामिलाबारे ई-मेल गरी विवरण मागेको छ। सचिनका अनुसार ह्याकरले नम्बर 1(506)406-220 बाट उनका सबै कन्ट्याक्ट नम्बरमा वाट्सएप गरिरहेका छन्। यसका साथै आफ्ना सबै आफन्त, मित्र र परिचितहरूलाई पनि यो निजी च्याट ह्याकरले पठाइरहेको सचिनले बताएका छन्
सचिनले बताएअनुसार वर्ष 2017-देखि लिएर अहिलेसम्म वाट्सएपमा च्याट स्क्रिन सट ह्याकरसँग छ। आरोपी ह्याकरले सचिनको मात्र होइन तर उनकी गर्लफ्रेन्डका सबै कन्ट्याक्ट पनि चोरी गरेका छन्।
सचिनका अनुसार केही दिन अघि अचानक एक अपरिचित नम्बरबाट उनका साथीलाई वाट्सएप आयो, यसपछि नै सचिनले थाहा पाए।  साइबर सेलका अनुसार यो बदमाश सचिनकै कसै नजिकका मानिसको हुनुसक्छ। आफ्नो फोन कसैलाई नदिएको पीड़ितको  भनाइ छ।
साइबर सेलका नोडल अफिसर एवं अभय कुमार मिश्रका अनुसार यो गम्भीर मामिला हो। वाट्सएप ह्याक गरी कसैको निजी च्याटलाई भाइरल गरेको यो पहिलो मामिला हो। यो मामिलामा गहन छानबिन गरिँदैछ।
साइबर सेलका प्रभारी विजय वीर सिरोहीका अनुसार टु स्टेप भेरिफिकेशन गरी वाट्सएप ह्याकबाट बाँच्न सकिन्छ। यसका लागि वाट्सएपले पनि विकल्प दिएको छ। टु स्टेप भेरिफिकेशन गरेमा कसैले वाट्सएप ह्याक गर्न सक्दैनन्। यो भेरिफिकेशनमार्फत् वाट्सएपलाई ह्याकिङबाट बचाउन सकिन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here