भोलि उपचुनाउ

0
915

गान्तोक, १६ सेप्टेम्बरः गान्तोक नगर निगमको १० नम्बर वार्ड आरिथाङ-२ को उपचुनाउ भोलि हुनेछ।

उपचुनाउको मतदानका लागि खटिएका अधिकारीहरू आज नै आरिथाङको पोलिङ बुथमा पुगेका छन्।

नगर निगमका रिटर्निङ अधिकारी राघुल के को उपस्थितिमा आज दिउसो २.३० बजे स्ट्रङ रूम खोलेर उपचुनाउमा प्रयोग हुने भोटिङ मशिन जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा स्थानान्तरित गरियो।

यसपछि चुनाउका लागि खटिएका मतदान अधिकारी, भोटिङ मशिन, उपचुनाउमा प्रयोग हुने सामग्री साथै सुरक्षाकर्मीलाई मतदान कार्य सम्पन्न गराउन आरिथाङ निम्न माध्यमिक विद्यालयमा स्थापना गरिएका पुलिङ बुथमा पठाइएको छ।

यो सम्पूर्ण प्रक्रिया नगरनिगम रिटर्निङ अधिकारीको रेखदेखमा सम्पन्न भयो भने प्रक्रियाका क्रममा पूर्व जिल्लाका एडीसी तुसार जी. निखरेको पनि उपस्थिति रहेको थियो।

आरिथाङको उपचुनाउका लागि मतदान भोलि (१७ सेप्टेम्बर) बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म हुनेछ।

यसको मतगणना १९ सेप्टेम्बरमा हुनेछ भने उपचुनाउ प्रक्रिया २२ सेप्टेम्बरमा समाप्त हुनेछ।

आरिथाङ वार्डको मतदानका लागि तीनवटा पोलिङ स्टेशन रहनेछन्।

वार्डका कुल ३६३२ मतदाता रहेका छन् जसमाध्ये १८९८ पुरुष र १७३४ महिला मतदाता रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here