सिक्किममा एकैदिनमा चारवटा पीएसए अक्सिजन प्लान्टको उद्घाटन

0
1053

गान्तोक, १६ सेप्टेम्बरः सिक्किममा आज एकै दिनमा चारवटा पीएसए अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ।

पश्चिम सिक्किमको गेजिङ जिल्ला अस्पताल, पूर्व सिक्किमको सिङ्ताम जिल्ला अस्पताल, दक्षिण सिक्किमको नाम्ची जिल्ला अस्पताल र उत्तर सिक्किमको मङ्गन जिल्ला अस्पतालमा निर्माण गरिएका अक्सिजन प्लान्ट आज उद्घाटन गरिएका हुन्।

गेजिङ जिल्ला अस्पताल परिसरमा स्थापना गरिएको प्लान्टको क्षमता २०० लिटर प्रतिमिनट रहेको छ।

नाम्ची जिल्ला अस्पताल र मङ्गनमा निर्माण गरिएको प्लान्टको क्षमता प्रतिमिनट १००० लिटर रहेको छ भने सिङ्ताम जिल्ला अस्पतालमा राज्यका स्वास्थ्य मन्त्री डा. एमके शर्माले उद्घाटन गरेको अक्सिजन प्लान्टको क्षमता पनि २०० लिटर प्रतिमिनट रहेको छ।

गेजिङको पीएसए अक्सिजन प्लान्टको आज जल संसाधन तथा पीएचई विभाग मन्त्री भीमहाङ सुब्बाले उद्घाटन गरे।

यसरी नै नाम्चीको प्लान्ट परिवहन मन्त्री सञ्जीत खरेलले उद्घाटन गरे भने मङ्गनको अक्सिजन प्लान्टको उद्घाटन सड़क एवं पुल विभागका मन्त्री साम्डुप लेप्चाले गरे।

जानकारीअनुसार अहिले गेजिङ जिल्ला अस्पतालमा ३१ वटा बेडमा अक्सिजन आपूर्ति गरिएको छ भने जिल्ला अस्पतालका सबै बेडमा पाइलानको जड़ानबाट १०० प्रतिशत अक्सिजन सुविधा उपलब्ध गराउने योजना रहेको छ।

गेजिङ जिल्ला अस्पतालका लागि अत्यावश्यक रहेको अक्सिजन प्लान्टको निर्माण गरिदिएकोमा जिल्ला अपस्पताल परिवार र पश्चिम जिल्लाका जनताले सरकारप्रति आभार व्यक्त गरेका छन्।

उल्लेखनीय छ, पीएम केयर फण्डद्वारा भवन तथा आवास विभागले यी अक्सिजन प्लान्टको निर्माण गरेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here