7 किलो 308 ग्राम सुनसहित चार पक्राउ

0
954
साङ्केतिक तस्वीर।

सिलगढ़ी, 16 अक्टोबर : मङ्गलवार डीआरआईका अधिकारीहरूले एक गोप्य सूचनाको आधारमा अभियान चलाएर 36 वटा सुनको बिस्कुटसहित चारजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने सबै मिजोरमनिवासी रहेको बताइएको छ।

प्राप्त जानकारीका अनुसार पक्रा परेका आरोपी तस्करहरूले उक्त सुनको म्यान्मारबाट शिलङको बाटो भएर गोवाहाटी हुँदै सिलगढ़ी ल्याएका थिए। यहाँका बिक्रीका लागि कोलकाता लैजाने उनीहरूको योजना थियो। यद्यपि  डीआरआईका अधिकारीहरूले चारै आरोपी तस्करलाई सिलगढ़ीको मल्लगढ़ीबाट पक्राउ गरे।

बरामद सुनको ओजन सात किलो 3 सय 8 ग्राम रहेको बताइएको छ। जसको बजार मूल्य 2 करोड़ 89 लाख आँकिएको छ।

डीआरआई सूत्रका अनुसार  आरोपीहरू असम नम्बरका दुई बेग्ला बेग्लै बसमा सवार यात्रा गरिरहेका थिए। साथै उनीहरूले उक्त सुनको बिस्कुटलाई खेलकुदका लागि लगाइने जुत्तामा  लुकाएर राखेका थिए।

जानकारीका अनुसार पक्रा पर्ने चार आरोपीको नाम थोमस ह्मिथाङन्मावाई, लालनुङ्साङ्गा,  लमसाङ्गा र लालचाङस्वाङ्गदी रहेका छन्। उनीहरूले पैसा कमाउनका लागि सुनको तस्करी  गरेको केरकारअवधि स्वीकारेका पनि बताइएको छ।

डीआरआई सूत्रका अनुसार उनीहरूविरुद्ध कस्टम एक्ट 1962 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हिजो चारैजना आरोपीलाई सिलगढ़ी अदालतमा  प्रस्तुत गरिएको थियो।

अदालतले उनीहरूलाई 14 दिनको जेल हिरासतमा पठाएको छ। पुलिसले यस मामिलाको जाँच शुरु गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here