एनआरसीविरुद्ध फेरि आक्रामक ममता, भनिन् – असममा एनआरसीको नाममा ‘नराम्रो राजनीति’ भइरहेको छ

0
1261
मुख्यमन्त्री ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, 16 नोभेम्बर :  राज्यकी मुख्यमन्त्री ममता ब्यार्जीले पुनः एकपटक राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) –को विरोध गरेकी छन्। 

एनआरसीविरुद्ध लगातार आक्रामक देखिएकी ममताले असममा एनआरसीको अन्तिम खेस्रा प्रकाशनको नाममा नराम्रो राजनीतिगरिरहेको आरोप लगाएकी छन्।
उनको आरोपका अनुसार साँचो मतदाताहरूको नाम मतदाता सूचीबाट  हटाइएको छ। तृणमूल कङ्ग्रेस प्रमुखले आफू असमको सरकारको विरुद्धमा नरहेको तर एनआरसीलाई समर्थन पनि नगर्ने बताएकी छन्।
राज्यको 24 परगना जिल्लास्थित ठाकुरनगरको यात्रामा रहेकी मुख्यमन्त्रीले बिहीवार यस्तो बयान दिएकी हुन्। उनले एनआरसी कदापि समर्थन नगर्ने पनि प्रतिबद्धता दोहोऱ्याइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here