पुलिसले कुड्की गरेको प्रकाश गुरुङको सम्पत्ति। |
दार्जीलिङ, 16 अगस्त : विमल गुरुङपन्थी गोर्खा जनुमक्ति युवा मोर्चा (गोजयुमो) –का अध्यक्ष प्रकाश गुरुङको घर शुक्रवार दार्जीलिङ पुलिसले कुड्की गरेको छ। रिम्बिक–लोधोमा समष्टिका पूर्व सभासद् तथा विमल गुरुङका नजिकका मानिने प्रकाश गुरुङको लोधोको दुई नम्बर हट्टामा स्थित पैतृक घर कुड्की गरेको हो। पुलिसले उनका घरमा रहेका सबै सरसमान लगेको छ।
गुरुङको पैतृक घरमा उनकी भाउजु रोशनी गुरुङ बस्दै आएकी थिइन्। पुलिस घर कुड्की गर्न त्यहाँ पुग्दा उनी घरमै थिइन्। उनले यो घरको भागबण्डा भइसकेको बताएकी छन्। उनका अनुसार भागबण्डा भइसकेकोले यो घर प्रकाश गुरुङको नाममा थिएन। अचानक पुलिस आएर सबै कुरा लगेको तथा कसैले पनि केही पनि नसुनिदिएको उनले बताएकी छन्। कुड्की गरिएको सरसमान सबै लोधोमा थाना लगिएको बताइएको छ।
अर्कोतिर थाना सूत्रका अनुसार विभिन्न मुद्दा लागेका प्रकाश गुरुङलाई अदालतले धेरैपटक आत्मसमर्पण गर्ने आदेश दिएको तर उनले आत्मसमर्पण गरेकोले आज कुड्की गरिएको बताइएको छ। उल्लेखनीयहोस्, पछिल्लो गोर्खाल्याण्ड आन्दोलनदेखि प्रकाश गुरुङ भूमिगत अवस्थामा छन्।