दार्जिलिङ हिल्स युनिभर्सिटीको आधिकारिक कार्य सञ्चालन शुरू

0
793

दार्जिलिङ, १६ नोभेम्बरः दार्जिलिङ हिल्स युनिभर्सिटीको आधिकारिक कार्य सञ्चालन आज अर्थात १६ नोभेम्बरदेखि शुरू भएको छ।

दार्जिलिङ हिल्स युनिभर्सिटीका अतिरिक्त भारप्राप्त उपकुलपति एवं उत्तर बङ्गाल विश्वविद्यालयका उपकुलपति डा. एस. भट्टाचार्य, रेजिस्ट्रार डा. प्रणव घोष, साइन्सका डीन डा. सुवास चन्द्र रोय, वुमन्स स्टडी सेन्टरका डाइरेक्टर जिनिया मित्र, जीटीएका कार्यकारी निर्देशक साम्देन डुक्पा, अमरसिंह राई, अनित थापा आदिको विशेष उपस्थितिमा नै दार्जिलिङ हिल्स युनिभर्सिटीको आधिकारिक कार्य सञ्चालन शुरू भएको हो।

यस विश्वविद्यालयमा पहिलो ६ महिनासम्म अनलाइन क्लास हुने भएको छ। ६ महिनापछि अफ-लाइन क्लास हुने तय गरिएको जनाइएको छ।

प्राथमिक चरणमा यस विश्वविद्यालयले म्याथ्स, मास कम्युनिकेसन्स, पोलिटिकल साइन्स, अङ्ग्रेजी, नेपाली र हिस्ट्री विषयको पठनपाठन गराउने भएको छ।

करिब ३ वर्षअघि शिलान्यास गरिएको दार्जिलिङ हिल्स युनिभर्सिटीको स्थापना दिवस १६ नोभेम्बरलाई नै मानिने भएको छ।

दार्जिलिङ हिल्स युनिभर्सिटीको आधिकारिक कार्य सञ्चालन आजदेखि शुरू भए पनि विश्वविद्यालयको भवनको निर्माणकार्य आजसम्म थालिएको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here