दिलीप घोष र अनित थापा दुवैका पुतला एकैसाथ जलाउनुपर्छ

0
2462

-पुरण छेत्री

पश्चिम बङ्गाल भाजपा अध्यक्ष दिलीप घोषले एउटा टीभी कार्यक्रममा 11 गोर्खाको हत्याको उदाहरण लिँदै दिएको वक्तव्यले चारैतिरबाट गोर्खा समुदायको विरोधको सामना गर्न परिरहेको छ। हाम्रो माटो र अस्मिताको युद्धसँग जोड़िएको र शहीदप्रति गरिएको कुनै पनि नकारात्मक टिप्पणीको विरोध गर्नै पर्नेछ, हामी विरोध गर्छौं।

भाजपाको राष्ट्रिय समितिले तिनै 2017 का शहीद परिवारहरूलाई आफ्नो शपथ ग्रहण कार्यक्रममा निम्त्याएर सम्मानसहित शहीदको दर्जा दिइसकेका छन्। यस्तो अवस्थामा दिलीप घोषजस्ता गरिमामय पदमा बस्ने व्यक्तिले किन यस्तो बयान दिए त भन्ने कुरा एउटा बहसको विषय बनेको छ। उनको बयानको आशय र सान्दर्भिकतामाथि चर्चा हुन जरूरी छ।

दिलीप घोष बङ्गवादी सोच पाल्छन्। उनको बङ्गाली मानसिकताले हामीलाई लक्ष्यदेखि टाढ़ा राख्दछ। उनले सोच्दा बङ्गाल सोच्छन् र बोल्दा बङ्गाल बोल्छन्। गोर्खाहरूले दिलीप घोषहरूसँग न्यायको अपेक्षा पनि राखेका पनि छैनन्। र राख्दैनन् पनि।

बङ्ग मानसिकता बोकेका नेतृत्वले हामीलाई मुक्ति दिनेछन् भन्ने आशा पाल्नु हाम्रै मूर्खता हुनेछ। जबसम्म हामी बङ्गालबाट अलग हुँदैनौं, दिलीप घोषहरूसँग हाम्रो मन यसरी नै दुखिरहन्छ।

आखिर किन दुखाइरहन्छन् दिलीप घोषहरूले हाम्रो मन? किन गोली ठोकी रहन्छन् त ममताहरू हाम्रो विचारलाई? किन टुक्रिरहन्छ हाम्रा सपनाहरू प्रत्येक राजनीतिक दुर्घटनाहरूमा? त्यसको मूल कारण हाम्रै असंवेदनशील नेतृत्वहरू हुन्। जनताले आफ्नो ज्यानसम्म दिएका छन्। तर, पैसा मात्र सोच्ने हाम्रा नेता भनौदाहरूका पङ्गु सोचकै कारण हामी अरूबाट यस्तो लाञ्छनाका शिकार भइरहेका छौं।

“पुलिसलाई हामीले नै आक्रमण गरेका हौं। पुलिसलाई ढुङ्गा हान्ने हामी नै हौं। शहीद भएका होइनन्, बनाइएका हुन्”-भन्ने जस्ता अनित थापाका वक्तव्यहरू आज पनि सान्दर्भिक देखिन्छ। दिलीप घोषले बरू आफ्नो दलीय मञ्चबाट यी कुराहरू गरेनन्। तर, अनित थापाले त मञ्चमा चढ़ेर कराई कराई भनेका हुन्-“पुलिसलाई पनि दुखेपछि हामीलाई गोली नहानेर के फूलको माला लगाइदिन्छ?

दिलीप घोष हाम्रा मान्छे होइनन्, बङ्गाली बाबू हुन्। र, गोर्खाहरूका मुद्दालाई कहिले सहानुभूति पनि जनाउने छैनन्, यसमा दुईमतै छैन। तर, अनित थापाले दिलीप घोषको लयमा दिएको वक्तव्यको पनि खण्डन हुन जरूरी छ। यहाँ दिलीप घोषको नाक थापेको होइन, दिलीप घोष अर्का भएर दोषी छन् भने अनित थापा आफ्नो भएर पनि महादोषी हुन्।

अब पुतला दिलीप घोष र अनित थापाको एकैसाथ जलेको हुनुपर्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here