सीएएविरुद्ध पञ्जाब विधानसभामा प्रस्ताव पारित

0
1473
मुख्यमन्त्री अमरिन्दर सिंह (फोटो साभार-इन्टरनेट)

चण्डीगढ़, 17 जनवरीः पञ्जाब सरकारले विधानसभामा एक प्रस्ताव पारित नागरिकता संशोधन अधिनियमलाई असंवैधानिक बताएको छ। पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले शुरुदेखि नै सीएएको विरोध गर्दै आएका छन्।

यसका साथै पञ्जाबको सत्तारूढ़ दल कङ्ग्रेसले नागरिकता संशोधन अधिनियमलाई फिर्ता लिनुपर्ने माग गरेको छ।

पञ्जाब विधानसभाका दुईदिने विशेष सत्रअवधि राज्यका मन्त्रीले ब्रह्म महिन्द्राले सीएएविरुद्ध प्रस्ताव राखेका थिए, जुन प्रस्ताव पारित भएको छ।

यसका साथै नागरिकता संशोधन कानूनलाई राज्यमा लागू नगर्ने पञ्जाब सरकारले बताएको छ।

यसैबीच, सीएएलाई लिएर मुख्यमन्त्री अमरिन्दर सिंहले केन्द्रको भाजपा सरकारको आलोचना गरेका छन्।उल्लेखनीय छ, सीएएविरुद्ध पञ्जाबमा पनि विरोध प्रदर्शन भएको थियो। उक्त विरोध प्रदर्शन शान्तिपूर्ण भएको पञ्जाब सरकारको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here