सरकारले खोस्यो कश्मीरका पृथकतावादी नेताहरूलाई दिइएको सुरक्षा व्यवस्था

0
1219
कश्मीरका पृथकतावादी नेता मीरवाइज उमर फारुख (फोटो सौजन्य : इन्टरनेट)

श्रीनगर, 17 फरवरी : जम्मू-कश्मीरको पुलवामा भएको आतङ्की हमलापछि केन्द्र सरकारले ठीलो कदम उठाउँदै कश्मीरका पृथकतावादी नेताहरूलाई प्राप्त सुरक्षा खोस्ने निर्णय गरेको छ। यी पृथकतावादी नेताहरूमा हुर्रियत कन्फ्रेसका नेता मीरवाइज उमर फारुख, अब्दुल गनी बट, बिलाल लोन, हाशिम कुरैशी र शब्बीर साह सामेल छन्।

सरकारको तर्फबाट जारी आदेशका अनुसार यी पृथकतावादी नेताहरूलाई उपलब्ध गराइएको सुरक्षा र वाहन  आइतबारदेखि फिर्ता लिनेछ।

आदेशमा भनिएको छ –कुनै पनि पृथकतावादीहरूलाई सुरक्षा बल अब कुनै पनि अवस्थामा उपलब्ध गराइने छैन। उनीहरूलाई यदि सरकारको तर्फबाट कुनै अन्य सुविधा प्रदान गरिएको छ भने ती सुविधाहरू पनि तत्काल प्रभावबाट फिर्ता लिइनेछ।

यसका साथै अब पुलिस मुख्यालयबाट कुनै अन्य पृथकतावादीहरूलाई प्राप्त सुरक्षा एवं अन्य व्यवस्थाको समीक्षा गरिनेछ र त्यसलाई पनि फिर्ता लिइने बताइएको छ।

पछिल्लो शुक्रबार शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न श्रीनगर पुगेका केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले यस्तै सङ्केत दिएका थिए।

उनले त्यसबेला कश्मीरका केही नेताहरूको सम्बन्ध र साँठगाठ आईएसआई र आतङ्की सङ्गठनहरूसँग रहेको बताउँदै ती नेताहरूलाई प्राप्त सुरक्षा व्यवस्थाको समीक्षा गरिने जनाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here