वरिष्ठ समाजसेवी एवं लेखक केपी मल्लको निधन

0
1528
केपी मल्ल (फोटो सौजन्य : सोशल साइट)

दार्जीलिङ, 17 फरवरी : दार्जीलिङका वरिष्ठ समाजसेवी एवं लेखक मेजर केपी मल्ल (89) अब सशरीर हामीबीच रहेनन्। समाजसेवाको मूल खाँबो मानिने मल्लको निधन शनिवार मध्यराति लगभग 1:30 बजे सिलगढ़ीको पारामाउण्ट नर्सिङ होममा भएको पारिवारिक सूत्रमार्फत् जानकारी पाइएको छ।

उनी केही दिनदेखि बिरामी भएको कारण उक्त नर्सिङ होममा उपचाराधीन थिए। उपचारकै क्रममा हिजो राति यी लिजेण्डरी समाजसेवीको मृत्यु भएको हो।

पछिल्लो 21 जनवरीको दिन मात्र उनले विशिष्ट सेवाका लागि बङ्ग रत्न सम्मान प्राप्त गरेका थिए। 21 जनवरीको साँझ सिलगढ़ीमा आयोजित एक कार्यक्रमबीच राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट उनले बङ्ग रत्न सम्मान ग्रहण गरेका थिए।

22 मई 1930 –मा पोख्रेबुङनजिक सेलिम्बोङमा जन्मेका उनी लामो समयसम्म रेडक्रस दार्जीलिङका सचिव पदमा बसेर जीवनका उत्तरार्धका महत्त्वपूर्ण वर्षहरू समाज सेवा र लेखनका लागि खिप्ती गरेका थिए।

ब्रिटिश सेनाको मेजर पदबाट अवकाश ग्रहण गरेपछि उनी सक्रिय रूपले समाजसेवा र लेखनमा लागेका थिए। समसामयिक विषयमाथि लेखिएका उनका चारवटा कृति प्रकाशित छन्।

प्राप्त जानकारीका अनुसार उनको भोलि 12:30 बजे अन्तिम संस्कार अन्तिम संस्कार गरिनेछ। यसभन्दा अघि उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-मा एक घण्टा राखिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here