म्यड्रिड, १७ फरवरीः च्याम्पियन्स लिगको प्रि-क्वार्टरको पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई नमीठो हार चखाएको छ।
पीएसजीको जीतमा युवा स्टार केलियन एम्बाप्पे नायक बने। उनकै ह्याट्रिकको मद्दतमा फ्रेन्च क्लबले घरेलु टिममाथि ४-१ को फराकिलो जीत दर्ता गरेको हो।
एम्बाप्पेले खेलको ३२, ६५ र ८५औं मिनटमा गोल गरे भने अर्का गोल मोइसेस केनले ७०औं मिनटमा गरे।
बार्साका लागि एक मात्र गोल लियोनल मेस्सीले खेलको २७औँ मिनटमा गरे।
पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा पीएसजीले एकपछि अर्को तीन गोल गरी खेललाई आफ्नो पक्षमा पाऱ्यो।
खेलको २७औं मिनटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरी मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर अग्रता धेर समय टिकेन। ३२औं मिनटमा एम्बाप्पेले गोल गरी खेललाई बराबरीमा ल्याए।
खेलभरि पीएसजीले बार्सिलोनालाई दबाउमा राखेको थियो। पीएसजीको आक्रामक खेलअघि बार्सिलोना अत्यधिक दबाउमा देखिएको थियो।
यो जीतसँगै पीएसजी क्वार्टर फाइनलका लागि एक कदम अघि बढ़ेको छ। अब दोस्रो लेग पीएसजीको घरेलु मैदानमा खेलिनेछ।