इन्द्रहाङ सुब्बा एसेकएममा सामेल

0
2615
पीएस गोलेले इन्द्रहाङ सुब्बालाई एसकेएममा स्वागत जनाउँदै।

गान्तोक, 17 मार्च : हाम्रो सिक्किम पार्टी (एचएसपी)-का संस्थापक सदस्य एवं पश्चिम जिल्ला कमिटीका अध्यक्ष इन्द्रहाङ सुब्बा राज्यको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-मा सामेल भएका छन्।

सुब्बा शनिवार आधिकारिक रूपमा एचएसपी त्यागेर एसकेएममा सामेल भएका हुन्। पश्चिम सिक्किमको मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत हिगाउँमा आज सम्पन्न एक सभाबीच उनलाई एसकेएम अध्यक्ष पीएस गोलेले पार्टीमा स्वागत जनाए।

सिक्किम विश्वविद्यालयमा भौतिकशास्त्रका शोधार्थी रहेका इन्द्रहाङ सुब्बा सिक्किमको राजनीतिमा चर्चित युवा अनुहार हुन्। एचएसपीको स्थापनासँगै उनी सक्रिय राजनीतिमा आएका थिए, तर केही महिनाअघि एचएसपीभित्र पार्टीको कार्यप्रणाली र नीति निर्धारणलाई लिएर अन्तर्विरोध चुलिएपछि सुब्बा एचएसपीमा निष्क्रिय बसेका थिए। यसैअवधिबीच उनले पछिल्लो 12 मार्चको बिहान गोलेलाई भेटेपछि एसकेएममा सामेल हुने अनुमान चुलिएको थियो।

एसकेएममा सामेल भएपछि जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, “म जनाकांक्षालाई बुझेरै एसकेएममा सामेल भएको हुँ। सिक्किम र सिक्किमे जनताका लागि केही राम्रो गर्ने उद्देश्य र लक्ष्य राखेर म राजनीतिमा आएको हुँ। जनताको आकांक्षालाई महत्त्व दिनु र शिरोपर गर्न जान्दछु। अहिले सिक्किमका जनताले परिवर्तन चाहिरहेका छन्। यसैले जनताले चाहिरहेको परिवर्तनकै म पनि एक अङ्ग बन्न चाहेको हुँ।”

आफूसँग सम्पर्कमा रहेका पश्चिम, दक्षिण र पूर्वका युवाहरूसँग सरसल्लाह र विचार विमर्श गरी ती युवाहरूकै सुझाउमा एसकेएममा सामेल भएको इन्द्रहाङको भनाइ छ।

“सिक्किममा मैले पनि परिवर्तन चाहेको हुँ। यसैले म एसडीएफमा जाने प्रश्नै आएन। मेरा लागि एसकेएममा सामेल हुनु नै राम्रो विकल्प थियो। र आज सामेल पनि भए”, उनले भने।

सुब्बाका अनुसार हाम्रो सिक्किम पार्टी (एचएसपी)-को कार्यप्रणाली  लोकतान्त्रिक ढाँचाको नरहेको कारण यो पार्टी उनले छोड़ेर छोड़ेका हौं।

“एचएसपीको कार्यशैली र नीति निर्धारण लोकतान्त्रिक कार्यशैलीको नभएपछि हामीले विरोध गर्‍यौं। यसलाई सुधार्नुपर्ने कुरामा जोड़ दियौं, तर पार्टीका शीर्षस्थ नेतृत्वहरूले यसलाई सुधार गरी पार्टीको कार्यशैली र नीति निर्धारणलाई लोकतान्त्रिक परिपाटीको बनाउने कुनै पहल नै गरेनन्। यसैले मैले एचएसपी छोड़ेको हुँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here