लकडाउनलाई सफल बनाउन दार्जीलिङ पुलिस कठोर, नाका चेकिङ शुरू

0
1045

दार्जीलिङ, 17 अप्रेलः दार्जीलिङ पुलिसले दार्जीलिङ बजारमा लाग्ने गरेको भीड़लाई नियन्त्रण गर्न आजदेखि चोकबजारमा सब्जी तथा अन्य आवश्यक सामग्री किन्न आउनेहरूका लागि केवल एउटा स्थान मात्रै खुल्ला राखिएको छ।

दार्जीलिङ सरकारी महाविद्यालय जाने मार्ग वा दार्जीलिङ नगरपालिकाको के. बिल्डिङअघि खुल्ला राखिएको यस स्थानबाट एकपल्टमा केवल 20 जना मात्रै ग्राहक चोकबजारभित्र पस्न पाउनेछन्।

यी 20 जनाले चोकबजार वरिपरि सब्जी तथा अन्य आवश्यक सामान किनेर बाहिरिएपछि मात्रै पुलिसले दोस्रो 20 जनाको टोलीलाई शहरमा प्रवेश गर्न दिन थालेको छ।

ताकि शहरमा मानिसहरूको भीड़ लाग्न बन्द होस्। अनि मात्रै देशभरि चलिरहेको लकडाउन पूर्णरूपले सफल भए मात्रै कोरोना हार्नेछ भन्ने पुलिस, जिल्ला प्रशासन तथा जीटीएको सोच छ।

यसैले लकडाउन पार्ट-2-को तेस्रो दिन आजदेखि दार्जीलिङमा मानिसहरूको भीड़माथि नियन्त्रण गर्न कठोरता अप्नाउन थालेको छ।

जसका लागि पुलिसकर्मीहरूले सुरक्षाको कठोर व्यवस्था गरिरहेका छन् भने चौकबजार पस्ने अधिकांश स्थानमा नाका चेकिङ शुरू गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here