लन्डन, 17 अप्रेलः कोरोना भाइरसका कारण इङ्ग्ल्यान्डका पूर्व फुटबलर नोरम्यान हन्टरको आज बिहान मृत्यु भएको छ। उनी 76 वर्षका थिए।
कोरोनाबाट सङ्क्रमित बनेपछि हन्टरलाई पछिल्लो 10 अप्रेलका दिन अस्पतालमा भर्ना गरिएका थिए।
फुटबल मैदानमा सधैं जुझारू र दृढ़ सङ्कल्पित देखिने हन्टर तर आज बिहान कोरोनाविरुद्धको लड़ाइँमा भने हारे।
इङ्ग्लिस क्लब लिड्स युनाइटेडका महान् डिफेन्डर नोरम्यान हन्टर विश्वकप विजेता इङ्ग्ल्यान्ड टिमका प्रमुख सदस्य थिए। उनी सम्मिलित इङ्ग्ल्यान्डको टिमले 1966 मा विश्वकप जितेको थियो।
उनको मृत्युमा लिड्स क्लबले दुःख व्यक्त गर्दै हन्टरले क्लबका लागि गरेको योगदान कहिल्यै नबिर्सिने बताएको छ।
उनले आफ्नो फुटबल करिअरमा विश्वकपसँगै 1969 र 1974 मा लिग पनि जितेका थिए। त्यसैगरी गरी उनी सम्मिलित लिड्स युनाइटेडले 1972 मा एफए कप जितेको थियो।
लिड्स युनाइटेडका यी लिडेन्डरी डिफेन्डरले 1974 मा प्रोफेशनल फुटबल एसोसिएशन्स प्लेयर अव् द इयर छनौट भएका थिए।
स्रोत-द गार्जियन